IME Life New

आज नवरात्रको छैटौँ दिनः कात्यायनीको पूजा आराधना गरिँदै

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । हिन्दू नेपालीहरुको महान पर्व बडा दशैँको आज छैटौँ दिन हो । आजको दिनमा कात्यायिनी भगवतीको पूजा तथा अर्चना गरिन्छ । नवरात्रीको छैटौं दिन आज अष्टमातृका भगवतीको छैठौँ शक्तिका रुपमा कात्यायिनी भगवतीको पूजाअर्चना गर्ने परम्परा रहेको छ । आजको दिनमा कात्यायिनी भगवतीको पुजा गरेमा रोग,शोक,भय,दुख,दरिद्र जस्ता संकट नाश भई मानिस प्रगति पथमा अगाडि बढ्ने धार्मिक विश्वास रहेको पाइन्छ ।

कत नामक एउटा ऋषि थिए । उनको छोराको रुपमा ऋषि कात्यले जन्म लिए । यिनै कात्यका गोत्रमा विश्वप्रसिद्ध महर्षि कात्यायनको जन्म भयो । उनी भगवती पराम्बाको उपासना गर्दै धेरै वर्षसम्म कठिन तपस्या गरेका थिए । भगवती उनको घरमा पुत्रीको रूपमा जन्म लिऊन् भन्ने उनको इच्छा थियो । लामो समयको तपस्या पछि भगवतीले उनको यो प्रार्थना स्वीकार गरिन् र उनको घरमा जन्म लिइन् । यसै कारण उनको नाम कात्यायनी रहन गएको भन्ने शास्त्रिय मान्यता रहि आएकोछ ।

Crest

रम्भाशुरको पुत्र महिषासुर अत्यन्त बलशाली थियो । जसको जन्म पुरुष र भैसीको संयोगबाट भएको थियो,त्यसैले उसको नाम महिषासुर रहन गयो । उसभित्र कहिले नमर्ने ईच्छा जागरण हुन्छ र व्रह्माजीको लामो समय सम्म तपस्या गर्दछ । यस प्रकारको कठिन तपस्याबाट खुसि भई ब्रह्मा प्रकट भई के बर माग्नको ईच्छा छ बर माग भन्दा महिषासुरले अमर रहने (कहलै नमर्ने) बर माग्दछ । व्रह्मजीले जन्मेपछि मर्नु पर्दछ अरु कुनै बर माग भन्दा धेरै सोचेर मलाई देवता,दैत्य र मानिस कसैले मार्न नसकुन्, म मर्नैपर्छ भने कुनै स्त्रीको हातबाट मेरो मृत्यु होस भने बर माग्यो र व्रह्माजी पनि तथास्तु भनि अन्तध्र्यान भए ।

व्रह्माबाट बरदान पाई सकेपछि महिषासुरले आफ्नो विशाल सेना खडा गरि पाताल लोक र मृत्युलोक जिती राज्य गर्न थाल्यो । त्यसको केही समय पछि त्रिलोकको राजा हुने ईच्छा जागेर देवलोकमा पनि आक्रमण गर्यो । यस युद्धमा देवता,शिव,विष्णु सबैको हार भयो भने महिषासुर तिनै लोकमा राज्य गर्न थाल्यो । तिनै लोकमा अत्याचार बढेको बेला भगवान् व्रह्मा, विष्णु र महेश तीनैजनाले आ–आफ्नो तेजको अंश दिएर महिषासुरको वध गर्नका लागि देवीलाई उत्पन्न गरेका थिए । महर्षि कात्यायनले सर्वप्रथम यिनको पूजा गरेका थिए । यसै कारणले पनि यिनलाई कात्यायनी भनिएको हो । भनिन्छ कात्यायनी देवीले आश्विन कृष्ण चतुर्दशीको दिन जन्म लिएर आश्विन शुक्ल सप्तमी, अष्टमी तथा नवमीसम्म जम्मा तीन दिन कात्यायन ऋषिद्वारा पूजा ग्रहण गरेर दशमीको दिन महिषासुरको वध गरेको शाष्त्रमा उल्लेख गरिएकोछ ।

माता कात्यायनी अमोघ फलदायनी हुन् । भगवान् कृष्णलाई पतिका रूपमा पाउनको लागि व्रजका गोपिनीहरूले यिनै कात्यायनी देवीको पूजा कालिन्दी– यमुनाको तिरमा गरेका थिए । यिनी व्रजमण्डलकी अधिष्ठात्री देवीको रूपमा प्रतिष्ठित छिन् । यिनको रूप अत्यन्त नै भव्य र दिव्य छ । यिनको वर्ण स्वर्णसमान चम्किलो तथा भास्वर छ । यिनी चतुर्भूज रूप धारिणी छिन् । दाहिनेतर्फको माथिल्लो हात अभय मुद्रामा छ तथा तल्लो हात वरमुद्रामा छ । देब्रेतर्फको माथिल्लो हातमा तरबार छ भने तल्लो हातमा कमल पुष्प सुशोभित छ ।

दुर्गा पूजाको नवरात्रि साधनाको क्रममा भगवतीको छैठौँ दिनमा साधकले माता कात्यायनीको चरणमा आफ्नो सर्वस्व निवेदित गरिदिनु पर्दछ । परिपूर्ण आत्मदान गर्ने भक्तले सहज भावले माता कात्यायनीको दर्शन प्राप्त गर्न सफल हुन्छन् । माता कात्यायनीको भक्ति र उपासनाद्वारा मानिसले सहजताका साथ अर्थ, धर्म, काम, मोक्षजस्ता चारवटै फलहरूको प्राप्ति गर्न सक्दछ । ऊ यसै लोकमा स्थित रहेर पनि अलौकिक तेज र प्रभायुक्त हुन पुग्दछ । उसका रोग, शोक, भोक, सन्ताप, भय आदि सर्वथा विनष्ट भएर जान्छन् ।

काठमाडौं उपत्यका भित्रका गुह्येश्वरी, दक्षिणकाली, कालिकास्थान, मैतीदेवी, इन्द्रायणी, तलेजु भवानी, विजेश्वरी, शोभा भगवती, नक्साल भगवती, भद्रकालीलगायत देशभरका शक्तिपीठमा पूजा आराधना गरिँदै छ । दसैंमा नौ दिनसम्म शक्तिपीठ तथा दशैंघरमा पूजा अर्चना सहित दूर्गा भगवतीको पुजा आराधाना गर्ने गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS