IME Life New

वर्ष २०२५ मा बाढी बीमा बजार करिब सवा २५ अर्ब डलरको पुग्ने अनुमान

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सन् २०२५ मा विश्वव्यापी बाढी बीमा बजार करिब सवा २५ अर्ब डलरको पुग्ने अनुमान गरिएको छ।

क्वाइलले विश्वव्यापी बाढी बीमा बजार २५ अर्ब २१ करोड डलर पुग्ने अनुमान गरेको हो। विभिन्न क्षेत्रहरुमा बाढी बीमाको कभरेज स्तर व्यापक रुपमा भिन्न हुन्छ। क्यानडामा १० प्रतिशत घरपरिवार बाढीको उच्च जोखिममा छन् तर बीमामा पहुँचको अभाव छ। जब कि क्यानडामा ५४ प्रतिशत घरधनी बाढीको जोखिमबाट मुक्त छन्।

Esewa
Crest

जर्मनी र नेदरल्यान्ड्सका केही बाढीग्रस्त क्षेत्रहरुमा ९० प्रतिशतभन्दा बढी बीमाको सुरक्षामा छन्। जुन बलियो सुरक्षा प्रणालीबाट समर्थित छ। यसको विपरीत पूर्वी युरोपका केही भागमा ३० प्रतिशतभन्दा कमले बाढी बीमा गरेका छन् र भारत तथा फिलिपिन्सका उच्च जोखिम क्षेत्रमा १० प्रतिशतभन्दा कमसँग मात्रै बीमा विस्तार भएको छ।

जापानमा बाढी बीमा विस्तार व्यापक रहेको छ। जापानमा ७५ प्रतिशतभन्दा बढी घरधनीले बाढी बीमा लिएका छन्।

बेलायतको बाढी पुनरुत्थान योजनाले सन् २०२५ सम्ममा अनुदानित प्रिमियम भएका ६ लाख ६० हजार परिवारलाई सहयोग गरेको छ। जब कि अस्ट्रेलियाको उत्तरी क्षेत्रले नयाँ विकासका लागि बाढी बीमा अनिवार्य बनाइएको छ। सन् २०१८ देखि अस्ट्रेलियामा बाढी बीमाको उपभोग २५ प्रतिशतले बढाएको छ।

भारतले कम आय भएका परिवारलाई सुरक्षा दिन प्रतिवर्ष केवल ३ डलर लागतमा बाढी लघुबीमा उत्पादनहरु प्रस्तुत गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS