IME Life New

बीमा प्राधिकरणको अध्यक्षमा जनक शर्मा नियुक्त, आजैबाट पद बहाली

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरणको अध्यक्षमा अर्थ मन्त्रालयका सहसचिव जनकराज शर्मा नियुक्त भएका छन्।

मन्त्रिपरिषदको हिजो असोज ९ गते बसेको बैठकले शर्मालाई बीमा प्राधिकरणको अध्यक्षमा नियुक्त गरेको हो। उनले आज असोज १० गते अर्थमन्त्री रामेश्वर खनालसमक्ष पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन्। शर्माले आजैबाट प्राधिकरणमा पद बहाली गर्दैछन्।

Esewa
Crest

यसअघि गत असार ३० गते केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्को बैठकले सहसचिव सेवन्तक पोखरेललाई अर्को व्यवस्था नहुँदासम्मका लागि बीमा प्राधिकरणको सञ्चालक समितिको अध्यक्ष भई काम गर्ने गरी तोक्ने निर्णय गरेको थियो। उनलाई प्राधिकरणबाट सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले फिर्ता बोलाएको छ।

प्राधिकरणका अध्यक्ष शरद ओझाका बारेमा उजुरी परेपछि मन्त्रिपरिषद्को बैठकले बीमा ऐन २०७९ को दफा १२ को उपदफा २ बमोजिम उच्च अदालतका पूर्वन्यायाधीश कृष्ण गिरीको अध्यक्षतामा तीन सदस्यीय छानबिन समिति गठन गरेको थियो। छानबिन समिति गठन भएपछि ओझा स्वतः निलम्बन भएका थिए।

मन्त्रिपरिषदले आफूलाई पदमुक्त गर्न गरेको निर्णय खारेजी र पुनर्बहालीको माग गर्दै ओझाले अन्तरिम आदेश माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। सर्वोच्च अदालतले अल्पकालीन आदेश जारी गर्दै मन्त्रिपरिषदको निर्णयहरु कार्यान्वयन नगरी यथाअवस्थामा राख्न भदौ २३ गते अल्पकालीन आदेश दिएको थियो।

सर्वोच्चको अल्पकालीन आदेशलाई आधार बनाउँदै बीमा प्राधिकरणका निलम्बित ओझा गत भदौ ३१ गते कार्यालयमा हाजिर भएका थिए। तर, अन्तरिम सरकारले असोज २ गते ओझालाई बीमा प्राधिकरणको अध्यक्षका रुपमा कामकारबाही गर्न नदिन आदेश दिएको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS