IME Life New

निर्जीवन बीमकको करिब ५% ले बढ्यो व्यापार, कसको कति बिजनेस ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । निर्जीवन बीमकहरुले चालु आर्थिक वर्ष २०८२।८३ को पहिलो दोस्रो महिना भदौमा ८ अर्ब १२ करोड रुपैयाँ बढीको व्यापार गर्न सफल भएका छन्।

नेपाल बीमा प्राधिकरणले आज सार्वजनिक गरेको समीक्षा वर्षको भदौमा १४ वटा निर्जीवन बीमकले ४ लाख ३२ हजार ६९ वटा बीमालेख जारी गरेर ४ अर्ब १२ करोड ८१ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका हुन्। अघिल्लो वर्ष २०८१।८३ को भदौमा कम्पनीहरुले ७ अर्ब ७४ करोड ६७ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका थिए। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीहरुको व्यापार ४.९२ प्रतिशतले बढेको छ।

Esewa
Crest

समीक्षा अवधिमा ८ वटा बीमकको व्यापार बढेको छ भने ६ वटा बीमकको घटेको छ। सगरमाथा लुम्बिनी इन्स्योरेन्सले सर्वाधिक व्यापार भित्र्याएको छ भने व्यापार वृद्धिको हिसाबले एनएलजी इन्स्योरेन्स अगाडि रहेको छ।

चालु आर्थिक वर्षको भदौमा सगरमाथा लुम्बिनी इन्स्योरेन्सले ८९ करोड ४४ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो वर्ष भदौमा कम्पनीले १ अर्ब १ करोड २१ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा कम्पनीको व्यापार ११.६३ प्रतिशतले घटेको छ।

शिखर इन्स्योरेन्स दोस्रो धेरै व्यापार भित्रे्याउने कम्पनी बनेको छ। समीक्षा अवधिसम्म कम्पनीले ८४ करोड ८२ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीले ७२ करोड ३४ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको व्यापार १७.२६ प्रतिशतले बढेको छ।

त्यस्तै तेस्रो धेरै व्यापार भित्र्याउनेमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स रहेको छ। चालु वर्षको भदौसम्म यो कम्पनीले ७७ करोड ३३ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो वर्ष भदौसम्म कम्पनीले ८१ करोड ३३ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको व्यापार ४.९२ प्रतिशतले घटेको छ।

यसैगरी चालु वर्षको भदौमा हिमालयन एभरेस्ट इन्स्योरेन्सले ७१ करोड १७ लाख रुपैयाँ, एनएलजी इन्स्योरेन्सले ६८ करोड ७५ लाख रुपैयाँ, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सले ६२ करोड ९१ लाख रुपैयाँ, ओरिएन्टल इन्स्योरेन्सले ५९ करोड ५० लाख रुपैयाँ, नेको इन्स्योरेन्सले ५८ करोड १ लाख रुपैयाँ र युनाइटेड अजोड इन्स्योरेन्सले ५७ करोड ४८ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिसम्म हिमालयन एभरेस्ट इन्स्योरेन्सको १८.१६ प्रतिशत, एनएलजी इन्स्योरेन्सको ४२.४७ प्रतिशत, आईजीआई, ओरिएन्टल इन्स्योरेन्सको ३४.२९ प्रतिशत र युनाइटेड अजोड इन्स्योरेन्सको २६.२८ प्रतिशत बढेको छ भने नेको इन्स्योरेन्सको १.५१ प्रतिशतले घटेको छ।

चालु आर्थिक वर्षको भदौसम्म सानिमा जीआईसी इन्स्योरेन्सले ४९ करोड ३७ लाख रुपैयाँ, नेपाल इन्स्योरेन्सले ३६ करोड ८२ लाख रुपैयाँ, नेसनल इन्स्योरेन्सले ३५ करोड २ लाख रुपैयाँ, प्रभु इन्स्योरेन्सले ३२ करोड ३२ लाख रुपैयाँ र राष्ट्रिय बीमा कम्पनीले २९ करोड ८१ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिसम्म नेपाल, नेसनल र राष्ट्रिय बीमा कम्पनीको व्यापार घटेको छ। भने सानिमा र प्रभु इन्स्योरेन्सको बढेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

50%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS