काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक २ दशमलव ३५ अंकले घटेर २,६५२ को विन्दुमा कायम भएको छ । आज १०७ कम्पनीको शेयर मूल्य बढेको छ भने १३९ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज ३ अर्ब २६ करोडको शेयर कारोबार हुँदा नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक कारोबार भएको छ । आज यस कम्पनीको ३० करोड ९० लाख रुपैयाँको शेयर कारोबार भएको छ । यूनियन हाइड्रोपावरको १८ करोड ३४ लाख रुपैयााको शेयर कारोबार भएको छ । हिमालयन रिइन्स्योरेन्सको ११ करोड ३८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।


















