काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक २ दशमलव ३५ अंकले घटेर २,६५२ को विन्दुमा कायम भएको छ । आज १०७ कम्पनीको शेयर मूल्य बढेको छ भने १३९ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज सबैभन्दा धेरै हिम स्टार ऊर्जा कम्पनकिा लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । प्रभु बैंक डिबेञ्चरका इकाईधनीले ८ प्रतिशतका दरले कमाएका छन् । कालिका पावरका लगानीकर्ताले ६ दशमलव ७२ प्रतिशतका दरले कमाएका छन् ।


















