IME Life New

भक्तपुरमा नेसनल प्याब्सनको तदर्थ समिति गठन, संयोजकमा पुण्यराम कवा चयन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । भक्तपुरमा राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेसनल प्याब्सन) को भक्तपुर जिल्ला तदर्थ समिति गठन भएको छ। समिति गठन कार्यक्रम नेसनल प्याब्सनकी राष्ट्रिय अध्यक्ष तथा संविधान सभा सदस्य गीता राणा क्षेत्रीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।

तदर्थ समितिको संयोजकमा पुण्यराम कवा चयन भएका छन्। उनको नेतृत्वमा ७ सदस्यीय समिति गठन गरिएको छ। समितिका सदस्यमा शिव कृष्ण कवा, विश्वराम दुवाल, दीनश शाक्य, रत्न बहादुर राई, कमल सुवाल र सरला कसलवत रहेका छन्। नेसनल प्याब्सनले आगामी बैठकबाट थप सदस्यहरू चयन गर्ने जनाएको छ। साथै समितिका सल्लाहकारमा विक्रम ढुकुछु चयन भएका छन्। उक्त समितिले तीन महिनाभित्र जिल्ला अधिवेशन गर्ने योजना बनाएको छ।

Esewa
Crest

समितिका पदाधिकारीहरूलाई केन्द्रीय अध्यक्ष गीता राणाले पदस्थापन गर्दै सपथ ग्रहण गराइ प्रमाणपत्र प्रदान गरेकी थिइन्। कार्यक्रममा अध्यक्ष राणाले शिक्षक क्षमतावृद्धि, पाठ्यक्रम सुधार र नीति निर्माणमा केन्द्रबाट अघि बढाइरहेको कामको जानकारी दिइन्। उनले आगामी दिनमा विद्यालयका शिक्षक र विद्यार्थीहरूको क्षमतावृद्धिका लागि थप कार्यक्रमहरू सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरिन्।

नेसनल प्याब्सनका महासचिव प्रताप थापाले तदर्थ समितिले आगामी दिनमा शिक्षकहरूको क्षमतावृद्धिका लागि विभिन्न कार्यक्रमहरू सञ्चालन गर्ने आशा व्यक्त गरे। उनले केन्द्रले विगतदेखि नै विभिन्न कार्यक्रमहरू गर्दै आएको जानकारी दिँदै आगामी दिनमा विद्यार्थीको क्षमतावृद्धिमा थप ध्यान दिने बताए।

कार्यक्रममा पूर्व राष्ट्रिय अध्यक्ष ऋतुराज सापकोटा, निवर्तमान राष्ट्रिय अध्यक्ष पाण्डव हमाल ठकुरी, बागमती प्रदेश समन्वय उपसमिति संयोजक सूर्यबहादुर अधिकारी लगायतका पदाधिकारीको उपस्थिति रहेको थियो ।

तदर्थ समितिका संयोजक पुण्यराम कवाले आगामी योजना र प्रतिबद्धतासँग सम्बन्धित आफ्नो दृष्टिकोण प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

100%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS