काठमाडौं । सरकारले समय काम नगर्ने १० कम्पनी (व्यवसायी/आपूर्तिकर्ता)लाई कालो सूचीमा राखेको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न निकायबाट सिफारिस भएर आएका १० कम्पनीलाई कालोसूचीमा राखेको हो। कार्यालयले ती कम्पनीको १ वर्षदेखि डेढ वर्षसम्म काम गर्न नपाउने गरी कालोसूचीमा राखेको छ।
कालोसूचीमा पर्नेमा पूर्णागिरी निर्माण सेवा, यू एन्ड आई/हिमचुली जेभी, भूमि हिमालयन जेभी, दुर्गा निर्माण सेवा, मनकामना कन्स्ट्रक्सन, राजेश निर्माण सेवा, आरटी निर्माण सेवा, दिपज्योति निर्मा सेवा, एनवाईएसए कन्स्ट्रक्सन एन्ड सप्लायर्स र एम÷एस सहयोगी कन्ट्रक्टर्स र ट्रेडिङ रहेको छ। यीमध्ये पूर्णागिरी निर्माण सेवालाई डेढ वर्ष र बाँकी ९ वटालाई १ वर्ष काम गर्न नपाउने गरी कालोसूचीमा राखिएको छ।


















