IME Life New

नेप्सेका कर्मचारीले मागे अध्यक्ष र सीईओको राजीनामा, आन्दोलनको कार्यक्रम पनि घोषणा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का कर्मचारीले अध्यक्ष हेमन्त बस्याल र प्रमुख कार्यकारी अधिकृत (सीईओ) चूडामणि चापागाईंको राजीनामा माग गरेका छन्।

नेप्से कर्मचारी संघले आज एक विज्ञप्ति जारी गर्दै अध्यक्ष बस्याल र सीईओ चापागाईंको राजीनामा माग गरेका हुन्। राजनीतिक दलका कार्यकर्ता, राजनीतिक प्रभाव र भागबन्डाका आधारमा नेप्सेको अध्यक्षमा बस्याल र सीईओमा चापागाईं नियुक्त भएको विज्ञप्तिमा उल्लेख छ।

Esewa
Crest

बस्यालको कन्सल्टेन्सी र नेप्सेबीच पुरानो भुक्तानीसम्बन्धी विवाद रहेकै अवस्थामा उनी अध्यक्षमा नियुक्त हुनु स्वार्थ बाझिने संघले दाबी गरेको छ। ‘पुरानो हिसाब मिलाउने गलत उद्देश्यले बस्याल नेप्सेमा प्रवेश गरेको देखिन्छ’, विज्ञप्तिमा भनिएको छ, ‘स्वार्थ बाझिने कुरा गर्ने स्वयं बस्यालले तत्काल राजीनामा दिनुपर्छ। उनलाई नियुक्त गर्ने प्रक्रियामा संलग्न सबैलाई छानबिनको दायरामा ल्याउन आवश्यक छ।’

यसैगरी सीईओ चापागाईंले एक्लैले गर्न नसकेको कामलाई समर्थन गर्न बस्या ‘अतिरिक्त शक्ति’का रुपमा नेप्सेमा आएको विज्ञप्तिमा उल्लेख छ। ‘एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्टमा सीईओका रुपमा मासिक ५ लाख रुपैयाँ तलब र अन्य सुविधा छाडेर नेप्सेमा प्रतिबैठक २ हजार ५०० रुपैयाँ भत्ता बुझ्ने गरी आउनुले नै उनको नियतप्रति ठूलो प्रश्न खडा गरेको छ’, विज्ञप्तिमा भनिएको छ।

त्यस्तै नियुक्त भएको ६ महिना बितिसक्दा सीईओ चापागाईंले नेप्सेको पुनर्संरचना, अन्तर्राष्ट्रिय प्रविधि ल्याउने तथा लगानीकर्ताको विश्वास अभिवृद्धि गर्नेतर्फ भन्दा पनि बिचौलियाको अनुचित दबाब, प्रभाव र निर्देशनमा काम गर्दै आएको विज्ञप्तिमा आरोप लगाइएको छ। ‘संस्थाको स्पष्ट कार्ययोजना तयार गर्न अक्षम र असमर्थ भई कमजोर निर्णय क्षमताका कारण उनीबाट आगामी दिनमा संस्था सुधारतर्फ कुनै पहल कदमीको सम्भावना छैन’, विज्ञप्तिमा भनिएको छ, ‘त्यसैले चापागाईंले तत्काल सीईओबाट राजीनामा दिनुपर्छ।

आफ्ना माग पूरा नभएसम्म आज असोज ८ गतेबाट निरन्तर रुपमा सम्पूर्ण कर्मचारीले हातमा कालोपट्टी बाँध्ने, धर्नामा बस्ने, सीईओको कार्यकक्षमा तालाबन्दी गर्ने र अध्यक्ष र सीईओको राजीनामा माग गर्ने कार्यक्रम गर्ने विज्ञप्तिमा उल्लेख छ।

Letter All Union

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS