काठमाडौं । शेयर बजार बुधबार दोहोरो अंकले घटेको छ। यो दिन नेप्से परिसूचक २७.८९ अंकले घटेर २६५४.३५ को विन्दुमा झरेको हो।
बजार घट्दा नेप्से उपसमूहमा रहेका ११ वटा समूह घटेका छन् भने २ वटा बढेका छन्। आज अन्य समूह सर्वाधिक २.१६ प्रतिशतले घट्दा होटल तथा पर्यटन समूह सर्वाधिक ०.८५ प्रतिशतले बढेको छ।
यो दिन बजारमा ५३ कम्पनीको शेयरभाउ बढेको छ भने १९३ कम्पनीको घटेको छ। आज ५ कम्पनीको शेयरभाउ स्थिर रहेको छ।
बजारमा आज ४ अर्ब १२ करोड ४८ लाख रुपैयाँको कारोबार भएको छ। सर्वाधिक कारोबार युनियन हाइड्रोपावरको भएको छ।
उच्च कारोबार भएका १० कम्पनी
- युनियन हाइड्रोपावरः २२ करोड १३ लाख रुपैयाँ
- नेपाल पुनर्बीमा कम्पनीः १७ करोड ३२ लाख रुपैयाँ
- हिमालयन रिइन्स्योरेन्सः १३ करोड ३७ लाख रुपैयाँ
- सीईडीबी होल्डिङ्सः १२ करोड ६० लाख रुपैयाँ
- शिवम सिमेन्टः ११ करोड ३ लाख रुपैयाँ
- हिमालयन डिस्टिलरीः ९ करोड ७२ लाख रुपैयाँ
- युनिभर्सल पावरः ८ करोड ९७ लाख रुपैयाँ
- एनआरएन इन्फ्रास्ट्रक्चरः ८ करोड ६७ लाख रुपैयाँ
- ङादी ग्रुप पावरः ८ करोड २९ लाख रुपैयाँ
- मुक्तिनाथ विकास बैंकः ७ करोड ९७ लाख रुपैयाँ

















