IME Life New

नयाँ मतदाताको नाम संकलन गर्ने बाटो खुल्यो,अध्यादेश जारी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार मतदाता नामावली ऐन, २०७३ लाई संशोधन गर्न अध्यादेश जारी गरेसँगै निर्वाचन आयोगलाई नयाँ मतदाताको नाम संकलन गर्न बाटो खुलेको छ ।

यसअघि जारी कानुनअनुसार २०८२ फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि मतदाता नामावली संकलन गर्न मिल्दैनथ्यो । मतदाता नामावली ऐन, २०७३ को दफा ४ को उपदफा २ बमोजिम चुनावको मिति घोषणा भइसकेपछि सोही निर्वाचनको प्रयोजनका लागि मतदाता नामावलीमा नाम दर्ता गर्न नपाइने व्यवस्था उल्लेख थियो । यसअघि आयोगले २०७९ को निर्वाचनअघि मतदाता नामावली संकलन गरेको थियो ।

Esewa
Crest

निर्वाचन अयोगले गत आइतबार मतदाता नामावली संकलनका लागि बाटो खुलाइदिन माग गर्दै गृह मन्त्रलायलाई पत्राचार गरेको थियो । सोहीबमोजिम राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार मन्त्रिपरिषद्को सिफारिसमा उक्त अध्यादेश जारी गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS