IME Life New

हुलदंगाबाट नेपालमा बीमांकृत सम्पत्तिमा भएको क्षति उल्लेख्य रुपमा बढ्न सक्छः एएम बेस्ट

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपालमा कुशासन र भ्रष्टाचारविरुद्ध जेनजी आन्दोलनका क्रममा सिर्जित हुलदंगाबाट बीमांकृत सम्पत्तिमा भएको क्षति व्यापक रुपमा बढ्ने अनुमान गरिएको छ।

अन्तर्राष्ट्रिय क्रेडिट रेटिङ एजेन्सी एएम बेस्टले यस्तो अनुमान गरेको हो। ‘नेपालमा हालै भएको जेनजी आन्दोलनका क्रममा भएको हुलदंगाबाट बीमांकृत सम्पत्तिमा भएको क्षति उल्लेख्य रुपमा बढ्न सक्छ’, एएम बेस्टले भनेको छ, ‘यसले नेपालको साना निर्जीवन बीमा बजारलाई दबाब सिर्जना गर्न सक्छ।’

Esewa
Crest

एएम बेस्टले धेरै क्षतिग्रस्त सम्पत्ति सम्भवतः बीमा नगरिएका भए पनि हुलदंगा, हड्ताल, दुर्भावनापूर्ण क्षति, तोडफोड र आतंकवाद (आरएसएमडीएसटी) जोखिमहरु सामान्यतया बीमा पोलिसी विस्तारअन्तर्गत समेटिएको जनाएको छ। ‘नेपाल बीमा प्राधिकरणको तयार गरेको बीमांकृत सम्पत्तिको क्षति प्रतिवेदनलाई सन् २०१५ को भूकम्पबाट भएको क्षतिसँग तुलना गर्न सकिन्छ’, एएम बेस्टले भनेको छ।

एएम बेस्टका वरिष्ठ वित्तीय विश्लेषक सुसान टानले व्यापक हुलदंगाबाट हुने क्षतिको ठूलो अनुपातले बजारमा आय र पुँजी प्रभावको सम्भावनालाई उजागर गरेको बताए। ‘विशेषगरी यदि बीमा दाबीहरु बढ्दैको अवस्थामा’, उनले भने।

एएम बेस्टले नेपालका घरेलु पुनर्बीमकहरुले पनि पुँजी दबाबको सामना गरिरहेको जनाएको छ। ‘रेट्रोसेसनले केही राहात प्रदान गर्न सक्छ तर आरएसएमडीएसटी जोखिमको उच्च अवधारणले अझै पनि पुँजी बफरहरुलाई कमजोर बनाउन सक्छ र थप झट्कामा लचिलोपनलाई सीमित गर्न सक्छ’, एएमबेस्टले भनेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS