IME Life New

सेबोन र नेप्सेका कर्मचारीले आन्दोलन जारी राख्ने, के-के गर्दैछन् आज ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) र नेपाल स्टक एक्सचेन्ज (नेप्से)का कर्मचारीहरुले आज बुधबार पनि आन्दोलन जारी राख्ने भएका छन्।

विभिन्न माग राख्दै सेबोन र नेप्सेका कर्मचारीहरु मंगलबारदेखि आन्दोलनमा उत्रिएका हुन्। उनीहरुले आज ज्ञापनपत्र बुझाउनेदेखि धर्नासम्म दिने कार्यक्रम राखेका छन्।

Esewa
Crest

धितोपत्र बोर्डका कर्मचारीले मंगलबार उपनिर्देशकदेखि अध्यक्षसम्मका गाडीको चाबी खोस्नुका साथै कार्यकक्ष र कार्यालयमै तालाबन्दी गरिदिएका थिए। धितोपत्र बोर्डका कर्मचारीले अर्थ मन्त्रालयले अनावश्यक हस्तक्षेप गरेको भन्दै आन्दोलनमा उत्रिएका हुन्। उनीहरुले धितोपत्र बोर्डलाई एउटा स्वायत्त संस्थाका रुपमा स्थापित गर्नुपर्ने माग राखेका छन्।

धितोपत्र बोर्डका कर्मचारी आन्दोलनमा उत्रिनुको एउटा प्रमुख कारण भनेको गत असोज २ गते अर्थ मन्त्रालयले निर्देशनात्मक परिपत्र पनि हो। परिपत्रमा ३ बुँदे निर्देशन दिँदै कार्यान्वयन गर्न धितोपत्र बोर्डलाई भनिएको छ।

यस्ता छन् निर्देशन

  • धितोपत्र बोर्डसम्बन्धी ऐन, २०६३ को दफा २२, दफा ११६, विधायन ऐन, २०८१ को दफा १५, नेपाल सरकार (कार्य विभाजन) नियमावली, २०७४ र नेपाल धितोपत्र बोर्ड कर्मचारी सेवा सर्तसम्बन्धी नियमावली, २०६८ को नियम १६७ विपरीत जारी भएका नेपाल धितोपत्र बोर्ड कर्मचारी कल्याण कोष कार्यविधि, २०७१ र नेपाल धितोपत्र बोर्ड कर्मचारी सुरक्षण कोष (सञ्चालन तथा व्यवस्थापन) कार्यविधि, २०७५ तत्काल खारेज गर्ने।
  • प्रचलित कानुनविपरीत बनेका कार्यविधिका आधारमा विगतमा कोषबाट भुक्तानी भएको रकम सम्बन्धित व्यक्तिबाट सरकारी बाँकीसरह असुलउपर गर्न तत्काल कार्य प्रक्रिया सुरु गर्ने।
  • कुनै पनि आर्थिक दायित्व पर्ने निर्णय गर्नुपूर्व अनिवार्य रुपमा अर्थ मन्त्रालयको सहमति लिनुपर्ने व्यवस्था कार्यान्वयन गर्ने।

अर्थ मन्त्रालय यिनै निर्देशनमा धितोपत्र बोर्डका कर्मचारी असन्तुष्ट देखिएका हुन्। ‘अर्थ मन्त्रालयका यी निर्देशन तत्काल खारेजीसँगै केही मागसहितको ज्ञापनपत्र बुझाउने तयारी गरिरहेका छौँ’, धितोपत्र बोर्डका एक कर्मचारीले भने, ‘हाम्रा माग तत्काल पूरा नभएमा आन्दोलन जारी राख्छौँ।’

उता नेप्सेका कर्मचारीहरु आफूहरुले पाउनुपर्ने भत्ताको विषयलाई लिएर आन्दोलनमा होमिएका छन्। उनीहरुले मंगलबार नेप्सेका अध्यक्ष हेमन्त बस्याल र सीईओ चूडामणि चापागाईंलाई कार्यकक्षमा थुनेका थिए। साँझ अबेरतिर उनीहरुले मागपत्र बुझाउँदै दुवैलाई कार्यकक्षबाट बाहिर निस्किन दिएका थिए।

आज नेप्सेका कर्मचारीहरुले आफ्ना माग गराउन दबाब दिने उद्देश्यले धर्ना दिने कार्यक्रम रहेको छ। ‘आज हामी धर्ना दिन्छौँ, हाम्रा माग पूरा नहुन्जेलसम्म आन्दोलन जारी रहन्छ’, एक कर्मचारीले भने।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

100%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS