IME Life New

नेप्सेमा दुई कम्पनीको शेयरमूल्य समायोजन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल स्टक एक्सचेञ्जमा दुई कम्पनीको शेयरमूल्य समायोजन भएको छ। नेप्सेमा कामना सेवा विकास बैंक र युनिभर्सल पावर कम्पनीको शेयरमूल्य समायोजन भएको हो।

यी कम्पनीहरुले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो। नेप्सेले कामना सेवा विकास बैंकको १० प्रतिशत र यूनिभर्सल पावरको ९ प्रतिशत बोनस शेयर समायोजन गरेको हो।

Esewa
Crest

समायोजनपश्चात कायम सेवा विकास बैंकको शेयरमूल्य ४७७ रुपैयाँ ७३ पैसा कायम भएको छ भने यूनिभर्सल पावरको ३८० रुपैयाँ २८ पैसा कायम भएको छ। नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा यी कम्पनीहरुको शेयरमूल्य समायोजन गरेको हो। अघिल्लो कारोबार दिन अर्थात मंगलबार, दोस्रो बजारमा कामनाको शेयर प्रतिकित्ता ५२५ रुपैयाँ ५० पैसा र यूनिभर्सलको ४१४ रुपैयाँ ५० पैसामा अन्तिम कारोबार भएको थियो।

यही समायोजित मूल्यलाई आधार मानेर आज दोस्रो बजारमा यी कम्पनीहरुको शेयर कारोबार खुल्नेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

50%
excited

उत्साहित

50%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS