IME Life New

बीमा प्राधिकरणको अध्यक्षबाट सेवन्तक पोखरेललाई हटाइयो, पठाइयो जनक शर्मालाई

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अर्थ मन्त्रालयले नेपाल बीमा प्राधिकरणको अध्यक्षबाट सेवन्तक पोखरेललाई हटाएको छ।

अर्थ मन्त्रालयका प्रवक्ता टंक पाण्डेका अनुसार सहसचिव जनक शर्मालाई बीमा प्राधिकरणको सञ्चालकका रुपमा पठाइएको छ। ‘अर्थ मन्त्रालयबाट प्रतिनिधित्व गर्दै आएका पोखरेललाई बीमा प्राधिकरणबाट फिर्ता बोलाइएको छ। उनको ठाउँमा प्राधिकरणको सञ्चालकमा शर्मालाई पठाइएको छ’, पाण्डेले भने, ‘अब बस्ने मन्त्रिपरिषदको बैठकले प्राधिकरणको अध्यक्षको जिम्मेवारी शर्मालाई दिन सक्छ।’

Esewa
Crest

यसअघि गत असार ३० गते केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्को बैठकले सहसचिव पोखरेललाई अर्को व्यवस्था नहुँदासम्मका लागि बीमा प्राधिकरणको सञ्चालक समितिको अध्यक्ष भई काम गर्ने गरी तोक्ने निर्णय गरेको थियो।

प्राधिकरणका अध्यक्ष शरद ओझाका बारेमा उजुरी परेपछि मन्त्रिपरिषद्को बैठकले बीमा ऐन २०७९ को दफा १२ को उपदफा २ बमोजिम उच्च अदालतका पूर्वन्यायाधीश कृष्ण गिरीको अध्यक्षतामा तीन सदस्यीय छानबिन समिति गठन गरेको थियो। छानबिन समिति गठन भएपछि ओझा स्वतः निलम्बन भएका थिए।

मन्त्रिपरिषदले आफूलाई पदमुक्त गर्न गरेको निर्णय खारेजी र पुनर्बहालीको माग गर्दै ओझाले अन्तरिम आदेश माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। सर्वोच्च अदालतले अल्पकालीन आदेश जारी गर्दै मन्त्रिपरिषदको निर्णयहरु कार्यान्वयन नगरी यथाअवस्थामा राख्न भदौ २३ गते अल्पकालीन आदेश दिएको थियो।

सर्वोच्चको अल्पकालीन आदेशलाई आधार बनाउँदै बीमा प्राधिकरणका निलम्बित ओझा गत भदौ ३१ गते कार्यालयमा हाजिर भएका थिए। तर, अन्तरिम सरकारले असोज २ गते ओझालाई बीमा प्राधिकरणको अध्यक्षका रुपमा कामकारबाही गर्न नदिन आदेश दिएको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

25%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

25%
excited

उत्साहित

50%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS