IME Life New

कर्मचारीको विद्रोहपछि सेबोन र नेप्सेका हाकिमदेखि कर्मचारीसम्मको मोबाइल उठ्नै छाड्यो, कसैको स्विच-अफ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । जेनजी आन्दोलनको झल्को दिने गरी आज नेपाल धितोपत्र बोर्ड (सेबोन) र नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा कर्मचारीले विद्रोह गरेपछि हाकिमदेखि कर्मचारीसम्मको मोबाइल उठ्नै छाडेको छ भने कतिपयले स्विच–अफ नै गरेका छन्।

सेबोनमा कर्मचारीले स्वायत्त निकायका रुपमा स्थापित हुनुपर्ने र नेप्सेमा कर्मचारीले बोनस (भत्ता)को विषयमा आज आन्दोलन चर्काएका हुन्। सेबोन शेयर बजार नियामक हो भने नेप्से बजार सञ्चालक हो।

Esewa
Crest

धितोपत्र बोर्डका कर्मचारीले स्वायत्त संस्थाको हुनुपर्ने माग गर्दै कार्यालयमा तालाबन्दी गर्नुका साथै उपनिर्देशकदेखि अध्यक्षसम्मको गाडीको चाबी खोसेका छन्। ती कर्मचारी नेताका अनुसार अहिले गाडीको चाबी खोसिदिएपछि उपनिर्देशकदेखि अध्यक्षसम्म आफैँ वा अरुको गाडी बोलाएर घर फर्किएका छन्।

धतोपत्र बोर्डका कर्मचारीले अर्थ मन्त्रालयले आफूहरुले पाउँदै आएको सेवासुविधा कटौती गरेको विषयमा पनि चित्ता नबुझेको बताएका छन्। हालै अर्थ मन्त्रालयले धितोपत्र बोर्डलाई केही निर्णय लिनुपरेमा अवश्य जानकारी गराउन निर्देशन दिएको थियो।

यसैगरी नेप्सेका कर्मचारीले पनि आफूहरुले पाउनुपर्ने भत्ताको विषयलाई लिएर अध्यक्ष हेमन्त बस्याल र सीईओ चूडामणि चापागाईंलाई कार्यकक्षमा थुनेका छन्। नेप्सेमा लामो समयदेखि कर्मचारीले पाउने भत्ता (बोनस)का विषयमा असन्तुष्टि हुँदै आएको छ। सोही विषयले आज उग्र रुप लिएको हो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

50%
excited

उत्साहित

50%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS