IME Life New

जेनजी विद्रोहको झल्को सेबोन र नेप्सेमा, कार्यालय र कार्यकक्षमै तालाबन्दी, हाकिमका गाडीको साँचो खोसियो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । जेनजीको भदौ २३ र २४ गतेको जेनजीको आन्दोलनको झल्को शेयर बजार नियामक र सञ्चालकमा देखिएको छ। स्वयं कर्मचारीले नै शेयर बजार नियामक नेपाल धितोपत्र बोर्ड (सेबोन) र नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा आज तालाबन्दी गर्दै हालै भएको जेनजी आन्दोलनको झल्को दिएका हुन्। यी दुवै निकायका कर्मचारीले विभिन्न माग गर्दै तालाबन्दी गरेका हुन्।

धितोपत्र बोर्डका कर्मचारीले स्वायत्त संस्थाको हुनुपर्ने माग गर्दै कार्यालयमा तालाबन्दी गर्नुका साथै उपनिर्देशकदेखि अध्यक्षसम्मको गाडीको चाबी खोसेका छन्। ‘हाम्रो मुख्य माग भनेको हाम्रो कार्यालय स्वायत्त संस्था हुनुपर्ने भन्ने हो। यस विषयमा अर्थ मन्त्रालयमा पनि हामीले जानकारी गराएका छौँ’, कर्मचारीका एक नेताले भने, ‘अर्थ मन्त्रालयको धेरै हस्तक्षेप भयो। त्यही भएर आन्दोलन गर्न बाध्य भएका हौँ।

Esewa
Crest

ती कर्मचारी नेताका अनुसार अहिले गाडीको चाबी खोसिदिएपछि उपनिर्देशकदेखि अध्यक्षसम्म आफैँ वा अरुको गाडी बोलाएर घर फर्किएका छन्। ‘तर, भोलि त कार्यालयमा आउनु पर्ला नि’, ती कर्मचारी नेताले भने, ‘कार्यालयको सुविधा लिने तर कार्यालयकै स्वायतत्ताको विषयमा नबोल्ने ? अब त्यस्तो हुँदैन। अब एउटा निष्कर्षमा नपुगेसम्म आन्दोलन रोकिन्न।’

धितोपत्र बोर्डका कर्मचारीले अर्थ मन्त्रालयले आफूहरुले पाउँदै आएको सेवासुविधा कटौती गरेको विषयमा पनि चित्ता नबुझेको बताए। ‘ठीक छ हालको परिस्थितिअनुसार सेवासुविधा कटौती भएको होला तर अर्थ मन्त्रालयले बारम्बार हस्तक्षेप गरेर हामीमाथि अन्याय गर्नु भएन’, अर्का कर्मचारीले भने, ‘त्यही भएर हामीले धितोपत्र बोर्ड स्वायत्त संस्था हुनुपर्ने माग राखेका हौँ।’

हालै अर्थ मन्त्रालयले धितोपत्र बोर्डलाई केही निर्णय लिनुपरेमा अवश्य जानकारी गराउन निर्देशन दिएको थियो।

यसैगरी बजार सञ्चालक नेप्सेका कर्मचारीले पनि आफूहरुले पाउनुपर्ने भत्ताको विषयलाई लिएर आज सीईओ र अध्यक्षलाई कार्यकक्षमै थुनेका छन्। उनीहरुले नेप्सेका अध्यक्ष हेमन्त बस्याल र सीईओ चूडामणि चापागाईंलाई कार्यकक्षमा थुनेका हुन्।

नेप्सेमा लामो समयदेखि कर्मचारीले पाउने भत्ता (बोनस)का विषयमा असन्तुष्टि हुँदै आएको छ। सोही विषयले आज उग्र रुप लिएको हो।

यो समाचार तयार पार्दासम्म नेप्सेका अध्यक्ष बस्या र सीईओ चापागाईं कायकक्षमै थुनिएका छन्। ‘हाम्रो माग सुनुवाइ नभएसम्म ढोका खोल्दैनौँ’, एक कर्मचारीले भने।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

33%
excited

उत्साहित

67%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS