काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक ५८ दशमलव ६३ अंकले बढेर २,६८२ को विन्दुमा कायम भएको छ । आज २३८ कम्पनीको शेयर मूल्य बढेको छ भने १४ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज सबैभन्दा धेरै सप्तकोशी डेभलपमेन्ट बैंक र जोशी हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन् । आज यी दुई कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । ग्रिन डेभलपमेन्ट बैंक, नारायणी डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, भुगोल इनर्जी र एशियन हाइड्रोका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् ।


















