IME Life New

आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सले दिन थाल्यो जेनजी आन्दोलनमा भएको क्षतिको दाबी भुक्तानी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सले जेनजी आन्दोलनका क्रममा भएको क्षतिको दाबी भुक्तानी दिन सुरु गरेको छ।

कम्पनीका अनुसार भदौ २३ र २४ गते राजधानी काठमाडौंलगायत देशको विभिन्न भागमा आन्दोलनका क्रममा भएका हुलदंगा, तोडफोड तथा आगजनीका कारण भएको क्षतिको विवरणहरु प्राप्त भइरहेको छ। ‘हालसम्म कम्पनीमा कुल १९२ वटा दाबी जानकारीमा आएको र सबै दाबीका लागि आवश्यकतानुसार सर्भेयरहरु (क्षति मूल्यांकनकर्ता) नियुक्ति गरिसकिएको छ’, कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) युगेशभक्त बादे श्रेष्ठले भने, ‘हालसम्म अनुमानित २ अर्ब ७६ करोड ९१ लख रुपैयाँबराबरको क्षति आंकलन गरिएको छ। तीमध्ये हालसम्म कम्पनीले ३० करोड रुपैयाँ दाबीबापत भुक्तानी गरिसकेको छ।’

Esewa
Crest

प्राप्त विवरणहरुका लागि कम्पनीले आन्तरिक रुपमा मूल्यांकनका लागि सातवटै प्रदेशका प्रदेश प्रमुख तथा दाबी विभागका विभागिय प्रमुखसहितको टोली परिचालन गरी क्षति मूल्यांकन गर्ने कार्य भइरहेको पनि सीईओ श्रेष्ठले जानकारी दिए। ‘साथै अन्यको हकमा सर्भेयरहरु खटाई मूल्यांकनका क्रममा रहेको छ’, उनले भने।

यस दुःखद् घडीमा सहज र छिटो दाबी भुक्तानीका लागि अत्यावश्यक कागाजतहरु उपलब्ध गराई सहयोग गरिदिन कम्पनीले सबै बीमितलाई आग्रह गरेको छ। ‘अन्य दाबीहरुका लागि सम्बन्धित बीमितहरुसँग आवश्यक कागजातहरुको ताकेता गरिरहेका छौँ’, सीईओ श्रेष्ठले भने, ‘यस कम्पनीसँग बीमा गर्नुभएका बीमितहरुले कम्पनीबाट आउने कम्पनीका आधिकारिक कर्मचारी तथा सर्भेयरहरुलाई आवश्यक कागजातहरु उपलब्ध गराई समयमा दाबी लिनका लागि पनि अनुरोध गर्दछु।’

सीईओ श्रेष्ठले उल्लेखित दाबीहरुका लागि कम्पनीले पर्याप्त पुनर्बीमा व्यवस्था गरेको हुनाले कम्पनीलाई कुनै समस्या नरहेको स्पष्ट पारेका छन्।

गत आइतबार साँझको मन्त्रिपरिषद बैठकले बीमा दाबीको ५० प्रतिशतसम्म क्षतिपूर्ति अग्रिम रुपमा उपलब्ध गराउन बीमा प्राधिकरणलाई निर्देशन दिने निर्णय गरेको थियो। प्राधिकरणले पनि आन्दोलनबाट भएको क्षतिको दाबी भुक्तानीलाई द्रुतता दिन पहल गरेको थियो। प्राधिकरणले दाबी भुक्तानीमा ढिलाइ गर्ने कम्पनी र सर्भेयरलाई कारबाही गर्ने चेतावनी दिइसकेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%
happy

खुसी

0%
sad

दु :खी

25%
amazed

अचम्मित

25%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS