काठमाडौं । पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वमा गठित अन्तरिम सरकारका नवनियुक्त ४ मन्त्रीले सपथ लिएका छन्।
राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री कार्कीको सिफारिसमा राष्ट्रपतिले थप ४ मन्त्री नियुक्त गरी सपथ ग्रहण गराएका हुन्। सपथ लिएमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुन, उद्योग तथा भूमिसुधारमन्त्री अनिलकुमार सिन्हा, सञ्चार, सूचना तथा प्रविधि मन्त्रीमा जगदीश खरेल र कृषि मन्त्री डा मदन परियार छन्।
गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि केपी शर्मा ओली नेतृत्वको सरकार ढलेको थियो। त्यसपछि पूर्वप्रधानन्यायाधीश कार्की नेतृत्वमा अन्तरिम सरकार बनेको छ।
यसअघि प्रधानमन्त्री कार्कीसहित ३ जना मन्त्रीले सपथ लिइसकेका छन्।

















