IME Life New

बीमाको रु. ७० लाख हत्याउन हृदयाघातबाट मृत्यु भएका हजुरबुवाको साँढेले हानेर ज्यान गएको दाबी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । छिमेकी भारतमा बीमाको रकम हडप्न एक युवकले आफ्नै हजुरबुवाको मृत्युको कारण फरक ढंगले बीमा कम्पनीसामु पेस गरेको घटना सार्वजनिक भएको छ।

यो घटना भारतको जयपुरको हो। त्यहाँ गम्भीर बिरामीको सामना गरिरहेका वृद्ध सोनपाल सिंहको मृत्यु हुनुभन्दा २ महिना अगाडि ७ वटा फरक कम्पनीबाट लगभग भारु ७० लाखको बीमा गरिएको थियो। सोनपालको मृत्यु हृदयाघात भयो। तर, नाति गौरीशंकरले बीमाको रकम हत्याउन हजुरबुवाको मृत्यु साँढेको आक्रमणबाट भएको प्रमाण पेस गरे।

Esewa
Crest

कम्पनीका एक अधिकारीले अनुसन्धान गर्दा सत्यतथ्य बाहिर आयो। बीमा कम्पनीका प्रबन्धकले मृतककी बहिनीसहित ४ जनाविरुद्ध कासगन्ज प्रहरीचौकीमा ठगी मुद्दा दायर गरेका छन्।

श्रीराम जनरल इन्स्योरेन्स कम्पनीको जयपुरको अलीगढ शाखाका इन्चार्ज मोहम्मद कासिम अन्सारीले प्रहरीचौकीमा दायर गरेको उजुरीमा कासगन्जनिवासी सोनपालको सन् २०२० जनवरी २४ देखि २०२१ जनवरी २३ सम्मका लागि दुर्घटनाका लागि बीमा गरिएको थियो। सोनपालको नाममा यस्तै थप ६ वटा बीमा पोलिसी जारी गरिएको थियो र ती पोलिसीमा परिवारका सदस्यलाई हकदारका रुपमा राखिएको थियो।

सोनपालको बीमामा हकदारका रुपमा राखिएका नाति गौरीशंकरले सन् २०२० अगस्ट १९ मा सोनपालको मृत्यु दाबीका लागि कम्पनीहरुमा कागजपत्र पेस गरे। दाबीमा सोनपालको मृत्यु सन् मार्च २२ मा बिहान ४ बजेतिर घरको आँगनमा सुतिरहेको बेला साँढेको आक्रमणबाट भएको उल्लेख थियो।

बीमा कम्पनीले अनुसन्धान गर्दा सोनपाल विगत ३५ वर्षदेखि आफ्नी बहिनी रामवतीको घरमा बस्दै आएको पत्ता लाग्यो। जो कासगन्जको मामोनिवासी रोशनलालकी पत्नी हुन्। सोनपालकी बहिनी रामवती र उनका आफन्तले सोनपालको मृत्यु हुनुभन्दा लगभग २ महिनाअघि सन् २०२० जनवरी १६ देखि फेब्रुअरी १६ सम्म विभिन्न बीमा कम्पनीहरुमार्फत ७ फरक–फरक दुर्घटना बीमा पोलिसीहरु निकालेका थिए।

ती सबै पोलिसीको दाबी लगभग भारु ७० लाखबराबरको थियो। सोनपालकी बहिनी रामवती, भतिजा राजेन्द्र सिंह, नाति गौरीशंकर (राजेन्द्र सिंहका छोरा) र नातिनी उर्मिला देवीलाई ती पोलिसीमा हकदारका रुपमा प्रस्तुत गरिएको थियो।

अनुसन्धानबाट सोनपाल निको नहुने रोगबाट पीडित भएको र हृदयघातबाट मृत्यु भएको पत्ता लागेको छ। बीमा दाबी गर्न नाति र परिवारका अन्य सदस्यले सोनपालको मृत्युलाई दुर्घटनाका रुपमा प्रस्तुत गरे र दाबी रकम पाउने प्रयास गरे।

हाल स्थानीय अदालतको आदेशमा प्रहरीले एफआईआर दर्ता गरेको छ। कोतवाली प्रहरीचौकीका इन्चार्ज इन्स्पेक्टर प्रवेश राणाले एफआईआर दर्ता भएकोले थप अनुसन्धान भइरहेको जानकारी दिएका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

50%
amazed

अचम्मित

50%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS