IME Life New

वर्ष २०३२ सम्म बीमा तेस्रो पक्ष प्रशासक बजार दोब्बर बढीको हुने प्रक्षेपण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । विश्वव्यापी बीमा तेस्रो पक्ष प्रशासक (टीपीए) बजार अर्को दशकमा दोब्बरभन्दा बढी हुने अनुमान गरिएको छ।

एलाइड मार्केट रिसर्चको प्रतिवेदनअनुसार सन् २०२२ मा टीपीए बजार ३२४.९ अर्ब डलरको मूल्यांकन गरिएको छ। यो बजार सन् २०३२ सम्ममा ७९५.१ अर्ब डलरको पुग्ने प्रक्षेपण गरिएको छ। जुन ९.६ प्रतिशतको चक्रवृद्धि वार्षिक वृद्धिदरमा बढ्दै जानेछ।

Esewa
Crest

एसिया प्रशान्त क्षेत्रले आर्थिक विस्तार, बढ्दो मध्यम वर्ग र बीमा उत्पादनहरुको बढ्दो मागका कारण सन् २०३२ सम्ममा उल्लेखनीय वृद्धि अनुभव गर्ने अपेक्षा गरिएको प्रतिवेदनमा उल्लेख छ। उच्च स्वास्थ्य सेवा लागत र दाबी व्यवस्थापन सेवाहरुको बलियो मागले समर्थित उत्तर अमेरिकाले सन् २०२२ मा यो बजारको नेतृत्व गरेको थियो।

स्वास्थ्य बीमाको बढ्दो माग, दाबी प्रशोधनमा आउटसोर्सिङको बढ्दो प्रयोग र बीमा क्षेत्रमा दक्षता र पारदर्शीताका लागि बढ्दो दबाबले यो वृद्धिलाई प्रेरित गरिरहेको छ। टीपीएहरुले दाबी र पोलिसी व्यवस्थापनजस्ता सेवा प्रदान गर्छन्। दाबी भुक्तानीलाई सहज बनाउन बीमा कम्पनी र बीमितबीच टीपीएले मध्यस्थकर्ताका रुपमा काम गर्छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS