IME Life New

जेनजी आन्दोलनः सवा २२ अर्ब बढीको बीमा दाबी, सम्पत्तितर्फ ८३% माथि

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । जेनजी आन्दोलनका क्रममा भएको आगजनी र तोडफोडबाट भएको क्षतिमा सवा २२ अर्ब रुपैयाँ बढीको बीमा दाबी परेको छ।

नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको असोज ५ गतेसम्मको तथ्यांकअनुसार भदौ २३ र २४ गते भएको आन्दोलनका क्रममा देशभर विभिन्न स्थानमा भएका आगजनी र तोडफोडबाट भएको क्षतिमा १४ वटा निर्जीवन र ४ वटा लघु निर्जीवन बीमा कम्पनीमा २२ अर्ब २५ करोड ६५ लाख रुपैयाँ बढीको दाबी परेको परेको हो। यो रकम कम्पनीहरुमा परेका २ हजार ४७८ वटा दाबीको हो।

Esewa
Crest

सबैभन्दा बढी रकमको दाबी ओरिएन्टल इन्स्योरेन्समा परेको छ। यो कम्पनीले ७३ वटा दाबीको ५ अर्ब २२ करोड ९८ लाख रुपैयाँ भुक्तानी गर्नुपर्ने देखिएको छ।

यसैगरी दोस्रो धेरै रकमको दाबी सिद्धार्थ प्रिमियरमा परेको छ। यो कम्पनीले २७९ वटा दाबीको ५ अर्ब ८ करोड २८ लाख रुपैयाँ भुक्तानी गर्नुपर्ने देखिएको तथ्यांकले देखाएको छ।

तेस्रोमा आइजीआई प्रुडेन्सियलले २ अर्ब ७६ करोड ८४ लाख रुपैयाँ बीमा दाबीबापत भुक्तानी गर्नुपर्ने देखिएको छ। यो कम्पनीमा १७० वटा दाबी परेको छ।

त्यस्तै शिखर इन्स्योरेन्समा २ अर्ब ३९ करोड ३३ लाख रुपैयाँ, सगरमाथा लुम्बिनी इन्स्योरेन्समा १ अर्ब ५४ करोड ५६ लाख रुपैयाँ, हिमालयन एभरेष्ट इन्स्योरेन्समा १ अर्ब १५ करोड ६२ लाख रुपैयाँ र नेको इन्स्योरेन्समा १ अर्ब ११ करोड ८३ लाख रुपैयाँ बढी रकमबराबरको दाबी परेको छ। तथ्यांकअनुसार शिखर इन्स्योरेन्समा ३७४ वटा, सगरमाथा लुम्बिनी इन्स्योरेन्समा २५७ वटा, हिमालयन एभरेष्ट इन्स्योरेन्समा १९६ वटा र नेको इन्स्योरेन्समा २११ वटा दाबी परेको छ।

प्राधिकरणका अनुसार सानिमा जीआईसी इन्स्योरेन्समा ८१ करोड ७ लाख रुपैयाँ, युनाइटेड अजोड इन्स्योरेन्समा ५१ करोड ३४ लाख रुपैयाँ, नेपाल इन्स्योरेन्समा ४७ करोड ९ लाख रुपैयाँ, एनएलजी इन्स्योरेन्समा ४५ करोड ७२ लाख रुपैयाँ, राष्ट्रिय बीमा कम्पनीमा ४० करोड ९९ लाख रुपैयाँ, प्रभु इन्स्योरेन्समा २० करोड ३६ लाख रुपैयाँ र नेसनल इन्स्योरेन्समा ६ करोड ८४ लाख रुपैयाँबराबरको बीमा दाबी परेको छ।

उता लघु निर्जीवन बीमा कम्पनीतर्फ प्रोटेक्टिभ माइक्रोमा १ करोड १३ लाख रुपैयाँ, स्टार माइक्रोमा ७२ लाख ३८ हजार रुपैयाँ, ट्रस्ट माइक्रोमा ४४ लाख रुपैयाँ र नेपाल माइक्रोमा ४१ लाख ५० हजार रुपैयाँबराबरको बीमा दाबी परेको छ।

क्षेत्रगत हिसाबमा

क्षेत्रगत हिसाबले हेर्ने हो भने सम्पत्ति बीमातर्फ सबैभन्दा बढी दाबी गरेको छ। सम्पत्ति बीमातर्फ कम्पनीहरुले ५३८ वटा दाबीको १८ अर्ब ६१ करोड ८ लाख रुपैयाँ भुक्तानी गर्नुपर्ने देखिएको छ। यो कुल दाबीको ८३.६१ प्रतिशत हो।

यसैगरी कम्पनीहरुले मोटर बीमातर्फ १ हजार ७७८ वटा दाबीको २ अर्ब ९५ करोड २६ लाख रुपैयाँ, इन्जिनियरिङ तथा ठेकेदार जोखिमतर्फ १३२ वटा दाबीको ३३ करोड ३६ लाख रुपैयाँ, परिवहन बीमातर्फ ११ वटा दाबीको १ करोड ५५ लाख रुपैयाँ र अन्य बीमातर्फ १९ वटा दाबीको ३४ करोड ३८ लाख रुपैयाँ भुक्तानी गर्नुपर्ने प्रारम्भिक तथ्यांकले देखाएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

100%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS