IME Life New

शेयर बजारको गतिलो बाउन्स ब्याक, ९ अर्ब १७ करोडको कारोबार

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक भारी अंकले बढेर बन्द भएको छ । जेनजी आन्दोलनपछिको दास्रो कारोबारमा आज गतिलो बाउन्स ब्याक देखिएको छ । जेनजी आन्दोलनको पहिलो कारोबार गत विहीबार नकारात्मक सर्किट लागेसँगै बजार ६ प्रतिशतले घटेर समय अगार्व बन्द भएको थियो । तर, आज भने नेप्से १११ अंकले बढेर २,६२३ को विन्दुमा कायम भएको छ ।

आज २२४ कम्पनीको शेयर मूल्य बढेको छ भने २८ कम्पनीको मात्रै शेयर मूल्य घटेको छ । आज दिनभरिमा ३२९ कम्पनीको २ करोड ३२ लाख २२४ कित्ता शेयर किनबेच हुँदा ९ अर्ब १७ करोड माथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनीको शेयर कारोबार भएको छ । आज यस कम्पनकिो ८३ करोड १३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन रिइन्स्योरेन्सको ४८ करोड २६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । गार्डियन माइक्रो लाइफको ३० करोड ४८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Crest

आज सबैभन्दा धेरै ९ कम्पनीका लगानीकर्ताले कमाएका छन् । आज सिन्धु विकास बैंक, भुगोल इनर्जी, गुडविल फइनान्स, शिवम् सिमेन्ट, जोशी हाइड्रोपावर, अपि पावर कम्पनी, आँखु खोला जलविद्युत कम्पनी, बलेफि हाइड्रोपावर र हिमाल दोलखाका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ७ दशमलव ६४ प्रतिशतका दरले गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS