IME Life New

अन्तिम १५ मिनेटको औसत कारोबार मूल्य गणना विधि स्थगित, असोज ७ बाट पुरानै व्यवस्था

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले अन्तिम १५ मिनेटको औसत कारोबार मूल्य र सूचक गणना विधि स्थगित गरेको छ।

नेप्सेले आज एक सूचना जारी गर्दै उक्त विधि स्थगित गरेको जानकारी गराएको हो। अब असोज ७ गतेबाट पुरानै कारोबार मूल्य र सूचक गणना विधि लागू हुने नेप्सेले जनाएको छ।

Esewa
Crest

नेपाल धितोपत्र बोर्डको मिति असोज ४ गतेको पत्रमार्फत धितोपत्रसम्बन्धी ऐन २०६३ दफा ८७ को उपदफा (१) बमोजिम प्राप्त निर्देशनअनुसार धितोपत्र काराबवार सञ्चालन विनियमावली (चौथो संशोधन) २०८१ को विनियम ११ उपविनियम (७) मा उल्लिखित ‘उपविनियम (१) को खण्ड (ख) बमोजिमको सत्रमा २ः४५ बजे देखि ३ः ०० बजेसम्म कायम मूल्यको भारित औषत मूल्यलाई अन्तिम कारोबार मूल्य मानिनेछ । यस अवधिमा कुनै कारोबार नभएमा पछिल्लो कारोबार मूल्यलाई अन्तिम मूल्य मानिनेछ’ भन्ने व्यवस्थालाई स्थगन गरी अन्तिम कारोबार मूल्यका आधारमा सूचकांक गणना गर्ने व्यवस्था मिलाइएको नेप्सेले जनाएको छ। ‘यो परिवर्तित व्यवस्थाको आज असोज ५ गते प्राविधिक परीक्षण गरी मिति असोज ६ गते सार्वजनिक बिदा परेको हुँदा तत्पश्चातको कारोबार दिनदेखि लागू गरिनेछ’, नेप्सेले भनेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS