IME Life New

बैंकमा ब्याजदर घट्दा विकल्प खोज्दै संस्थागत निक्षेपकर्ता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बैंक तथा वित्तीय संस्थाले निक्षेपमा दिने ब्याजदर निरन्तर घटाएपछि बीमा कम्पनीलगायत ठूला संस्थागत निक्षेपकर्ताले आफ्नो लगानी रणनीति फेरिरहेका छन्।

ब्याजदर घट्दै गएसँगै आम्दानी संकुचित हुने देखेपछि संस्थागत निक्षेपकर्ताले मुद्दति निक्षेपमा लगानी घटाएर अन्य वित्तीय साधनतर्फ ध्यान केन्द्रित गर्न थालेका छन्। चालु आर्थिक वर्षको पहिलो महिना साउनमै बैंक तथा वित्तीय संस्थामा संस्थागत निक्षेप २१ अर्ब ५० करोड रुपैयाँले संकुचन भएको तथ्यांक छ। गत वर्ष यही अवधिमा समेत बीमा कम्पनीसहितका ठूला निक्षेपकर्ताको मुद्दति लगानी ३ अर्ब ७ करोडले घटेको थियो।

Esewa
Crest

गत असार मसान्तसम्म ठूला संस्थागत निक्षेपकर्ताले बैंक तथा वित्तीय संस्थामा १३ खर्ब ३६ अर्ब रुपैयाँ मुद्दति निक्षेप गरेका थिए। तर, साउन मसान्तसम्म यो रकम घटेर १३ खर्ब १४ अर्ब रुपैयाँमा झरेको छ।

सामाजिक सुरक्षा कोषले ब्याजदर अत्यन्त तल झरेपछि कोषले मुद्दतिबाट रकम फिर्ता गरी डिबेञ्चर, सरकारी ऋणपत्र र म्युचुअल फन्डमा लगानी बढाउन थालेको छ।

त्यस्तै कर्मचारी सञ्चय कोषले पनि पछिल्लो १ महिनामा ४ अर्ब ७२ करोड रुपैयाँ मुद्दति निक्षेप फिर्ता लिएको छ। नागरिक लगानी कोषको मुद्दति निक्षेप पनि १ महिनामै ३ अर्ब ६० करोड रुपैयाँले घटेको छ। असार मसान्तमा १ खर्ब ३३ अर्ब रहेको कोषको मुद्दति लगानी साउन मसान्तमा घटेर १ खर्ब २९ अर्बमा पुगेको छ।

बैंकले संस्थागत मुद्दतिको ब्याजदर २.७५ प्रतिशतमा झारेका छन्। यति कम ब्याजदरमा फाइदा नहुने भएकाले हामीले ट्रेजरी बिल्स र विकास ऋणपत्रमा लगानी बढाउन थालेका हुन्। बैंकहरुले संस्थागत मुद्दति निक्षेपमा बचतबराबरको मात्र ब्याज दिन थालेका छन्। त्यसैले बढी प्रतिफल दिने क्षेत्रमा लगानी मोडिएको सरोकारवालाहरु बताउँछन्।

विगतमा बढ्दो ट्रेन्डमा रहेको मुद्दति निक्षेपको हिस्सा पछिल्ला वर्षहरुमा भने घटेको हो। यस गिरावटको मूल कारण भनेको मुद्दति निक्षेपमा पाइने ब्याजदरमा आएको निरन्तर गिरावट भएको जानकारहरु बताउँछन्। अघिल्ला वर्षहरुमा दोहोरो अंकमा पुग्ने ब्याजदर अहिले अधिकांश बैंकमा एकल अंकमा सीमित भएको छ। यससँगै बैंकरहरु पनि अहिले तरलता पर्याप्त भएको भन्दै मुद्दतिभन्दा चल्ती र बचत खातातर्फ ध्यान दिनुपर्ने अवस्था आएको बताउन थालेका छन्।

शेयर बजारमा कर्जा लगानी सहज भएपछि लगानीकर्तालाई मुद्दति खातामा रकम थन्काएर राख्नुभन्दा प्रतिफल पाउने क्षेत्रमा लगानी गर्नु बढी व्यावहारिक देखिएको हो।

यद्यपि, सबै संस्थागत निक्षेपकर्ताले मुद्दति घटाएका छैनन्। बीमा कम्पनीहरुले भने उल्टै मुद्दति निक्षेप बढाएका छन्। पछिल्लो १ महिनामा बीमा कम्पनीहरुले ८ अर्ब ११ करोड रुपैयाँले मुद्दति लगानी बढाएका छन्। बीमकहरुको भनाइमा ब्याजदर घटे पनि लगानीका वैकल्पिक साधन धेरै नभएकाले मुद्दति नै बढाउनुपरेको हो।

२०७५ सालदेखि २०८२ सालसम्मको तथ्यांक हेर्दा नागरिकको बचत गर्ने प्रवृत्तिमा उल्लेखनीय परिवर्तन आएको देखिन्छ। २०७५ मा बचत खाताको हिस्सा ३४.५ प्रतिशत रहेकोमा २०८० मा घटेर २५.६ प्रतिशतमा झरेको थियो। तर, २०८२ मा फेरि बढेर ३६.२ प्रतिशत पुगेको छ।

यस्तै मुद्दति निक्षेपको अंश २०७५ मा ४५.७ प्रतिशतबाट २०८० मा उच्चतम ५९.८ प्रतिशतसम्म पुगेपछि पुनः घट्दै २०८२ मा ५०.२ प्रतिशतमा झरेको छ। चल्ती खाताको हिस्सा भने क्रमशः घट्दो क्रममा छ। जुन ५–६ प्रतिशतको हाराहारीमा सीमित भएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS