IME Life New

आन्दोलनमा भएको क्षतिको दाबी भुक्तानीका लागि सिद्धार्थ प्रिमियर सातवटै प्रदेशमा सकृय

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । निर्जीवन सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले आन्दोलनका क्रममा भएको हुलदङ्गा, तोडफोड तथा आगजनीका कारण भएको क्षतिको मूल्याङ्कन र दाबी फर्छ्याैटको काम द्रूत गतीमा गर्न सातवटै प्रदेशमा कर्मचारी परिचालन गरेको छ।

इन्स्योरेन्सले शनिबार एक विज्ञप्ती जारी गर्दै भदाै २३ र २४ गतेको प्रदर्शनका क्रममा भएको बीमाङ्कित सम्पत्तिको क्षति मूल्याङ्कन गरेर केही दाबीको भुक्तानी समेत गरिसकिएको जनाएको छ।

Esewa
Crest
आन्दोलनका क्रममा भएको क्षतिको दाबीका लागि सिद्धार्थ इन्स्योरेन्स प्रिमियरको प्रधान कार्यालय तथा प्रादेशि कार्यालयको सम्पर्क व्यक्ति र सम्पर्क नम्बरहरू।

आन्दोलनका क्रममा देशका विभिन्न भागमा भएका हुलदंगा, तोडफोड तथा आगजनीका कारण राष्ट्रका पूर्वाधार, उद्योग व्यापार र व्यक्तिगत सम्पत्तिमा व्यापक क्षति भएको छ । प्रारम्भिक मूल्याङ्कन अनुसार अबौँ रुपैयाँको क्षति भई नेपालका बीमा कम्पनीहरूमा उल्लेखनीय संख्यामा बीमा दाबी दर्ता भइरहेका छन् ।

कम्पनीले दाबीलाई द्रुत र सहज बनाउनका लागि केन्द्रिय कार्यालयमा दाबी विभाग र प्रदेशस्तरमा प्रादेशिक कार्यालय प्रमुखहरूलाई सम्पर्क गर्न बीमितसँग अनुरोध गरेको छ।

बीमाको आवश्यकता कठिन क्षणमा हुने भएकाले पीडित बीमितलाई राहत दिन सिद्धार्थ प्रिमियरले दाबी भुक्तानीको प्रयास छिटो र पारदर्शी रूपैयाँ गरिने आश्वासन दिएको छ।

भाद्र २४ गते भएको आगजनी तथा हुलदंगा पश्चात भोलिपल्टै भाद्र २५ गते कर्फ्युको समयमा नै कम्पनीका उच्चपदस्थ अधिकारी र सर्भेयरको टोलीले विभिन्न बीमितहरुको क्षति भएको सम्पत्तिको निरिक्षण तथा प्रारम्भिक सर्वेक्षण समेत गरेका थिए।

कम्पनीमा बीमितहरुको सम्पत्ति आन्दोलनको क्रममा क्षति भएको तर हालसम्म पनि जानकारी गराउन छुटेको भए यथाशिघ्र दाबी सम्बन्धि जानकारी कम्पनीका देशभरिका शाखा, प्रदेश तथा प्रधान कार्यालयमा गराउन समेत अनुरोध गरेको छ। कम्पनीले यथाशिघ्र दाबी फर्छ्याैटका लागि आवश्यक कागजात सम्बन्धित सर्भेयर वा कम्पनीलाई उपलब्ध गराएर क्षति मूल्याङ्कन कार्यमा सहयोग गर्न बीमितसँग अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%
happy

खुसी

0%
sad

दु :खी

50%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS