IME Life New

शेयर लगानीकर्ताको मनोबल बढाउन सरकारले थाल्यो काम, रुपेश केसीको संयोजकत्वमा कार्यदल गठन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सरकारले शेयर लगानीकर्ताको मनोबल बढाउने कामको थालनी गरेको छ।

अर्थ मन्त्रालयले पुँजीबजार सुधारका लागि नेपाल धितोपत्र बोर्डका कामु कार्यकारी निर्देशक रुपेश केसीको संयोजकत्वमा ४ सदस्यीय कार्यदल गठन गरेको हो। कार्यदलका सदस्यमा नेपाल राष्ट्र बैंकका निर्देशक शरण अधिकारी, नेपाल स्टक एक्सचेन्ज (नेप्से)का कामु कार्यकारी निर्देशक निरञ्जन फुँयाल र अर्थ मन्त्रालयका उपसचिव शरद निरौला छन्।

Esewa
Crest

केसी नेतृत्व कार्यदललाई पुँजी बजारमा विकसित विसंगति तथा समस्याको अध्ययन गरी तत्काल आमलगानीकर्ताको मनोबल वृद्धिका लागि चाल्नुपर्ने प्रणालीगत तथा प्रक्रियागत सुधारका लागि आवश्यक सुझाव र ठोस कार्यान्वयन कार्ययोजना पेस गर्ने जिम्मेवारी दिइएको छ।

अर्थमन्त्रीस्तरको निर्णयबाट गठित कार्यदलले ५ दिनभित्र कार्ययोजना पेस गर्नुपर्ने समयसीमा रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

89%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

11%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS