IME Life New

पूर्वअर्थमन्त्री पौडेलले भने-‘मबाट भएका गल्ती, कमजोरी र भूलप्रति क्षमायाचना गर्दछु’

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले विगत आफूबाट भएका गल्ती, कमजोरी र भूलप्रति क्षमायाचना गरेका छन्।

संविधान दिवसका अवसरमा शुभकामना मन्तव्य राख्दै पूर्वअर्थमन्त्री एवं नेकपा एमालेका नेता पौडेलले जनतासँग क्षमायाचना गरेका हुन्। ‘विगतमा एमालेले लिएका निर्णय, गरेका काम र तिनको परिणामका सम्बन्धमा गम्भीर समीक्षा हुने नै छ’, उनले भनेका छन्, ‘व्यक्तिगत रुपमा मबाट भएका गल्ती, कमजोरी र भूलप्रति क्षमायाचना गर्दछु।’

Crest

पौडेलले जेन्जी आन्दोलनका सहिदप्रति श्रद्धाञ्जलि र शोकाकुल परिवारजन तथा आफन्तहरुमा समवेदना व्यक्त गरेका छन्। ‘घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछ’, उनले भनेका छन्।

प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा गठित मन्त्रिपरिषद्बाट शान्ति र अमन चैन कायम गर्ने, भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्ने, जेनजी आन्दोलका क्रममा तोडफोड र आगजनी भएका सार्वजनिक र निजी क्षेत्रका संरचनाहरुको पुनर्निर्माण गर्ने र तोकिएको मितिमा प्रतिनिधिसभाको निर्वाचन गर्नेजस्ता महत्वपूर्ण अभिभारा पूरा हुन सकुन् भन्ने पौडेलले अपेक्षा गरेका छन्। जेनजी आन्दोलनका क्रममा भएको हिंसा, हत्या, तोडफोड र आगजनीको निष्पक्ष छानबिन गर्न, दोषीहरुलाई कानुनबमोजिम कारबाही गर्न र क्षतिग्रस्त सार्वजनिक तथा निजी संरचनाहरुको यथाशीघ्र पुनर्निर्माण गर्न उनले सरकारसँग माग गरेका छन्।

जनता एवं विशेषगरी युवा पुस्ताको आकांक्षा, असन्तुष्टि र आक्रोशलाई बुझ्न र सम्बोधन गर्न नसक्नु र भ्रष्टाचार नियन्त्रण, सुशासन एवं सेवा प्रवाहमा अपेक्षित सुधार हुन नसक्नु जेनजी आन्दोलनका मुख्य कारण रहेको पौडेलले औँल्याएका छन्। ‘तर, आन्दोलनका क्रममा भएको हत्या, हिंसा, तोडफोड र आगजनी पनि त्यत्तिकै निन्दनीय छ’, उनले भनेका छन्।

अब आफूहरुका सामु जनता एवं विशेषगरी नयाँ पुस्तासँग एकाकार भएको, नीति निर्माण र नेतृत्व निर्माणमा युवाशक्तिको निर्णायक योगदान रहेको गतिशील र परिवर्तनको संवाहक शक्तिको भूमिकामा पार्टीलाई स्थापित गर्ने जिम्मेवारी आएको पौडेलले उल्लेख गरेका छन्। ‘तदनुरुप पार्टीको संगठन, कार्यशैली र आचरणमा परिवर्तन हुने विश्वास व्यक्त गर्दछु’, उनले भनेका छन्।

‘आज असौज ३ गते संविधान दिवसको ऐतिहासिक दिन। विगतका अनुभवबाट शिक्षा लिंदै संविधानको रक्षा, प्रयोग र विकासका लागि सम्पूर्ण नेपालीले योगदान दिन सकी, आपसी सद्भाव र एकताका साथ विकास, समृद्धि र सामाजिक न्यायको दिशामा प्रभावकारी ढंगले अघि बढ्न सकी सबैमा संविधान दिवसको उपलक्ष्यमा हार्दिक शुभकामना व्यक्त गर्दछु’, पौडेलले भनेका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

33%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

67%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS