काठमाडौं । सरकारले आज शुक्रबार (असोज ३ गते) संविधान दिवसका सार्वजनिक बिदा दिएको छ।
आज सार्वजनिक बिदाका दिन पनि बैंकहरु खुल्ने भएका छन्। नेपाल राष्ट्र बैंकले नै राजस्व संकलनका लागि बैंकिङ सेवा प्रवाह गर्न बैंकहरुलाई निर्देशन दिएको हो।
राष्ट्र बैंकले एक परिपत्र जारी गर्दै राजस्व संकलन, ईसीसीलगायत अत्यावश्यक बैंकिङ सेवा प्रवाह गर्ने व्यवस्था मिलाउन बैंकहरुलाई निर्देशनन दिएको छ।

















