IME Life New

माग पूरा नभएसम्म शेयर बजार सञ्चालन नगर्न आग्रह, नत्र संघर्षको चेतावनी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । लगानीकर्ताले आफूहरुले अघि सारेका माग पूरा नहुन्जेलसम्म शेयर बजार सञ्चालन नगर्न आग्रह गरेका छन्। यदि माग पूरा नभई शेयर बजार सञ्चालन गरिए आन्दोलनमा उत्रिन बाध्य हुने उनीहरुले चेतावनी दिएका हुन्।

शेयर बजार सञ्चालनका लागि आमलगानीकर्ताले नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज (नेप्से) र नेपाल राष्ट्र बैंकमा निवेदन दिँदै यस्तो चेतावनी दिएका हुन्। ‘नेपालको शेयर बजार लामो समयदेखि लगानीकर्ताको विश्वास गुमाउँदै आएको र तरलता अभाव, अव्यवहारिक नियम, अनावश्यक प्रतिबन्ध जस्ता कारणले थप समस्या सिर्जना भएको विषय सर्वविदित छ’, निवेदनमा भनिएको छ, ‘हाल कायम राजनीतिक संकट र आर्थिक असन्तुलन लाई ध्यानमा राखी शेयर बजार सञ्चालनअघि अनिवार्य रुपमा तल उल्लेखित माग पूरा गर्न आग्रह गर्दछौँ।’

Esewa
Crest

यस्ता छन् माग

  • १५ मिनेटको नियम खारेज अन्तिम कारोबार मूल्य समायोजन प्रक्रिया तुरुन्तै खारेज गरिनुपर्दछ।
  • बैंकलाई बिना रोकटोक दोस्रो बजारमा लगानी गर्न दिने बैंक तथा वित्तीय संस्थालाई स्वतन्त्र रुपमा शेयर बजारमा लगानी गर्ने वातावरण सिर्जना गर्नुपर्दछ।
  • २५ करोडको क्याप हटाउने। लगानीकर्ताका लागि तोकिएको २५ करोडको सीमा हटाई बजारअनुकूल स्वतन्त्र लगानी गर्न पाउने व्यवस्था मिलाउनुपर्दछ।
  • कर्मचारीलाई दिने सुविधा (बोनस) मा लचिलोपन हालसम्म कर्मचारीलाई बोनस नगदमा मात्र दिने प्रचलन छ। अबदेखि बोनस नगदसँगै शेयरका रुपमा पनि वितरण गर्न पाउने व्यवस्था मिलाउनुपर्दछ।

‘माथिका माग तत्काल कार्यान्वयन नगरी बजार सञ्चालन गरिएमा लगानीकर्ताले यसलाई अस्वीकार गर्नेछन्। यसर्थ, हामी यस पत्रमार्फत स्पष्ट रुपमा मांग पूरा नभएसम्म बजार सञ्चालन नगर्नुपर्ने आग्रह गर्दछौँ’, ज्ञापनपत्रमा भनिएको छ, ‘यदि यस विषयलाई गम्भीरतापूर्वक सम्बोधन नगरिएमा हामी बाध्यतावश थप संघर्षका कार्यक्रम अघि बढाउने चेतावनीसहित यो निवेदन प्रस्तुत गर्दछौँ।’

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

86%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

14%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS