IME Life New

शरद ओझालाई बीमा प्राधिकरणमा हाजिर गर्न नदिन सरकारको निर्देशन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सरकारले शरद ओझालाई नेपाल बीमा प्राधिकरणको अध्यक्षका रुपमा कामकारबाही गर्न नदिन आदेश दिएको छ।

अर्थ मन्त्रालयको सचिवस्तरको निर्णयबाट बीमा प्राधिकरणलाई पत्र पठाउँदै ओझालाई अध्यक्षका रुपमा कामकारबाही गर्न नदिन निर्देशन दिइएको हो। ‘ओझालाई बीमा प्राधिकरणमा हाजिर गर्न नदिन सचिवस्तरको निर्णयबाट निर्देशन दिइएको छ’, मन्त्रालय स्रोतले भन्यो, ‘मन्त्रालयले ओझालाई बहाली गर्ने आदेश भएको छैन। उनी के आधारमा हाजिर भएको हो, त्यो खुलेको छैन। अहिलेलाई ओझालाई बीमा प्राधिकरणमा हाजिर नगराउने निर्देशन भएको छ।’

Esewa
Crest

सर्वोच्च अदालतको अल्पकालीन आदेशलाई आधार बनाउँदै बीमा प्राधिकरणका निलम्बित ओझा गत मंगलबार (भदौ ३१ गते) कार्यालयमा हाजिर भएका थिए। उनी अपराह्न ४ बजेतिर प्राधिकरणको पाँचौँ तल्लामा रहेको अध्यक्षको कार्यकक्षमा प्रवेश गरेर हाजिर गरेका थिए।

मन्त्रिपरिषदले आफूलाई पदमुक्त गर्न गरेको निर्णय खारेजी र पुनर्बहालीको माग गर्दै ओझाले अन्तरिम आदेश माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। सर्वोच्च अदालतले अल्पकालीन आदेश जारी गर्दै मन्त्रिपरिषदको निर्णयहरु कार्यान्वयन नगरी यथाअवस्थामा राख्न भदौ २३ गते अल्पकालीन आदेश दिएको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

25%
happy

खुसी

0%
sad

दु :खी

75%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS