काठमाडौं । एनआईसी एशिया बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपानेले आफ्नो पदबाट राजीनामा दिएका छन् । उनले दिएको राजीनामा बैंक सञ्चालक समितिको आज असोज २ गते बसेको बैठले आजैबाट लागू हुनेगरी स्वीकृत गरेको हो ।
न्यौपानेको राजीनामा बैंक सञ्चालक समितिले स्वीकृत गरी बैंकका वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत सन्तोस राठीलाई कायम मुकायम सीईओको जिम्मेवारी दिएको छ ।

















