IME Life New

जेनजी आन्दोलनः आगजनी र तोडफोडको क्षतिमा करिब पौने २१ अर्बको बीमा दाबी, कुन कम्पनीमा कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । जेनजी आन्दोलनका क्रममा भएको आगजनी र तोडफोडबाट भएको क्षतिमा करिब पौने २१ अर्ब रुपैयाँको बीमा दाबी परेको छ।

नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको भर्दा ३१ गतेसम्मको प्रारम्भिक तथ्यांकअनुसार भदौ २३ र २४ गते भएको आन्दोलनका क्रममा देशभर विभिन्न स्थानमा भएका आगजनी र तोडफोडबाट भएको क्षतिमा १४ वटा निर्जीवन र ४ वटा लघु निर्जीवन बीमा कम्पनीमा २० अर्ब ७० करोड ३८ लाख रुपैयाँ बढीको दाबी परेको परेको हो। यो रकम कम्पनीहरुमा परेका १ हजार ९८४ वटा दाबीको हो।

Esewa
Crest

सबैभन्दा बढी रकमको दाबी ओरिएन्टल इन्स्योरेन्समा परेको छ। यो कम्पनीले ४० वटा दाबीको ५ अर्ब १४ करोड ७९ लाख रुपैयाँ भुक्तानी गर्नुपर्ने देखिएको छ।

यसैगरी दोस्रो धेरै रकमको दाबी सिद्धार्थ प्रिमियरमा परेको छ। यो कम्पनीले २५८ वटा दाबीको ४ अर्ब ९३ करोड २२ लाख रुपैयाँ भुक्तानी गर्नुपर्ने देखिएको तथ्यांकले देखाएको छ।

तेस्रोमा शिखर इन्स्योरेन्सले २ अर्ब ३९ करोड ४ लाख रुपैयाँ बीमा दाबीबापत भुक्तानी गर्नुपर्ने देखिएको छ। यो कम्पनीमा ३६६ वटा दाबी परेको छ।

त्यस्तै आइजीआई प्रुडेन्सियल इन्स्योरेन्समा १ अर्ब ५९ करोड ६ लाख रुपैयाँ, सगरमाथा लुम्बिनी इन्स्योरेन्समा १ अर्ब ४७ करोड ५५ लाख रुपैयाँ, हिमालयन एभरेष्ट इन्स्योरेन्समा १ अर्ब १५ करोड ६२ लाख रुपैयाँ र नेको इन्स्योरेन्समा १ अर्ब ९ करोड ५३ लाख रुपैयाँ बढी रकमबराबरको दाबी परेको छ। तथ्यांकअनुसार आइजीआई प्रुडेन्सियल इन्स्योरेन्समा २४ वटा, सगरमाथा लुम्बिनी इन्स्योरेन्समा २३३ वटा, हिमालयन एभरेष्ट इन्स्योरेन्समा १९६ वटा र नेको इन्स्योरेन्समा ४० वटा दाबी परेको छ।

प्राधिकरणका अनुसार सानिमा जीआईसी इन्स्योरेन्समा ७८ करोड ९३ लाख रुपैयाँ, राष्ट्रिय बीमा कम्पनीमा ४९ करोड ५१ लाख रुपैयाँ, युनाइटेड अजोड इन्स्योरेन्समा ४८ करोड ७४ लाख रुपैयाँ, नेपाल इन्स्योरेन्समा ४६ करोड ९४ लाख रुपैयाँ, एनएलजी इन्स्योरेन्समा ३८ करोड ५८ लाख रुपैयाँ, प्रभु इन्स्योरेन्समा १९ करोड १८ लाख रुपैयाँ र नेसनल इन्स्योरेन्समा ६ करोड ८२ लाख रुपैयाँबराबरको बीमा दाबी परेको छ।

उता लघु निर्जीवन बीमा कम्पनीतर्फ प्रोटेक्टिभ माइक्रोमा १ करोड १३ लाख रुपैयाँ, स्टार माइक्रोमा ६७ लाख ७ हजार रुपैयाँ, नेपाल माइक्रोमा ५६ लाख ३६ हजार रुपैयाँ र ट्रस्ट माइक्रोमा ४२ लाख रुपैयाँबराबरको बीमा दाबी परेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

67%
excited

उत्साहित

33%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS