काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको भाउ सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ९ सय रुपैयाँले घटेको हो । यससँगै आज सुन तोलामा २ लाख १५ हजार २ सय रुपैयाँ कायम भएको छ ।
हिजो सुनको भाउ तोलामा २ लाख १६ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, आज चाँदीको भाउ ३० रुपैयाँले घटेको छ । यससँगै आज चाँदी २५ सय २० रुपैयाँ कायम भएको छ। हिजो चाँदीको भाउ प्रतितोला २५ सय ५० रुपैयाँमा कारोबार भएको थियो।












