IME Life New

बैंकहरुमा थुप्रियो साढे ५० अर्ब बढीको गैरबैंकिङ सम्पत्ति

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । खराब कर्जा असुली प्रभावकारी नहुँदा बैंकहरुमा चालु आर्थिक वर्ष २०८२।८३ को पहिलो महिना साउनमा थप १ करोड २० लाख रुपैयाँबराबरको गैरबैंकिङ सम्पत्ति थपिएको छ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकबाट यस्तो देखिएको हो। कर्जा विस्तार हुन नसक्दा बैंकहरुको लागत बढिरहेको छ भने पुरानो कर्जा असुलीमा सकस हुँदा बैंकहरुमा गैरबैंकिङ सम्पत्ति थुप्रिँदै गएको छ।

Esewa
Crest

बैंकिङ क्षेत्रमा देखिएको सुस्तता अझै सुधार हुन सकेको छैन। निजी क्षेत्रले कर्जाको माग नबढाउँदा बैंकिङ क्षेत्रमा थप दबाब सिर्जना भइरहेको छ।

बैंकहरुमा निक्षेप बढ्दो क्रममा रहेको छ। अधिक तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले लगातार बैंकिङ प्रणालीबाट पैसा खिचिरहेको छ।

गत आर्थिक वर्षमा समग्र बैंक तथा वित्तीय संस्थाको खराब कर्जा ४.६२ प्रतिशत रहेको छ। चालु आर्थिक वर्षको साउनसम्म बैंक तथा वित्तीय संस्थाहरुको कुल ५० अर्ब ५६ करोड २० लाख रुपैयाँबराबरको गैरबैंकिङ सम्पत्ति थुप्रिएको छ। अघिल्लो आर्थिक वर्ष २०८१।८२ को असार मसान्तसम्म ५० अर्ब ५५ करोड १० लाख रुपैया रुपैयाँबराबरको गैरबैंकिङ सम्पत्ति रहेको थियो। पछिल्लो १ महिनामा बैंक तथा वित्तीय संस्थाहरुमा थप १ करोड २० लाख रुपैयाँबराबर गैरबैंकिङ सम्पत्ति थुप्रिएको छ।

समीक्षा वर्षमा वाणिज्य बैंकहरुको औसत खराब कर्जा (एनपीएल) ४.४४ प्रतिशत रहेको छ। चालु आर्थिक वर्षको साउनसम्म वाणिज्य बैंकहरुमा ४२ अर्ब ८० करोड ०० लाख रुपैयाँबराबरको गैरबैंकिङ सम्पत्ति पुगेको छ। अघिल्लो आर्थिक वर्षको असारसम्म वाणिज्य बैंकहरुमा ४२ अर्ब ७७ करोड ३० लाख रुपैयाँबराबरको गैरबैंकिङ सम्पत्ति रहेको थियो।

यसैगरी चालु आर्थिक वर्षको साउनमा विकास बैंकहरुको औसत एनपीएल ५.०३ प्रतिशत रहेको छ। समीक्षा अवधिसम्म विकास बैंकहरुमा ४ अर्ब ६८ करोड ६० लाख रुपैयाँबराबरको गैरबैंकिङ सम्पत्ति थुप्रिएको छ। अघिल्लो आर्थिक वर्षको असारसम्म विकास बैंकहरुमा ४ अर्ब ६८ करोड ७० लाख रुपैयाँबराबरको गैरबैंकिङ सम्पत्ति रहेको थियो।

उता फाइनान्स कम्पनीहरुको एनपीएल चालु आर्थिक वर्षको साउनमा ११.०५ प्रतिशत पुगेको छ। समीक्षा अवधिसम्म फाइनान्स कम्पनीको गैरबैंकिङ सम्पत्ति ३ अर्ब ७ करोड रुपैयाँबराबरको रहेको छ। अघिल्लो आर्थिक वर्षको असारसम्म गैरबैंकिङ सम्पत्ति ३ अर्ब ९ करोड १० लाख रुपैयाँबराबरको थियो।

गैरबैंकिङ सम्पत्ति विकास बैंक र वित्त कम्पनीमा घटे पनि वाणिज्य बैंकहरुमा भने बढेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS