IME Life New

विध्वंशसँगै भाटभटेनी र सिजीसहित १२ वटा कम्पनीको क्रेडिट रेटिङ निगरानीमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । जेन जी को आन्दोलनका क्रममा भएको विध्वंशका कारण व्यवसायीक प्रतिष्ठानहरूमा व्यापक क्षति हुँदा क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले भाटभटेनी सुपर मार्केट सहित १२ वटा कम्पनीको क्रेडिट रेटिङलाई निगरानीको सूचीमा राखेको छ।

भाटभटेनी सुपरमार्केट एण्ड सुपरस्टोर प्राइभेट लिमिटेड, सिजी ग्लोबल अन्तर्गतको सिजी इम्पेक्स, इओएल प्राइभेट लिमिटेड, आइएमई ग्रुपको चन्द्रागिरी हिल्स लिमिटेडलाई निगरानी सूचीमा समावेश गरेको छ। रेटिङ एजेन्सीले पहिलो चरणमा निगरानी सूचीमा राख्दै रेटिङ एजेन्सीले पुनर्मूल्याङ्कन सम्बन्धि निर्णय लिने भएको हो।

Esewa
Crest

भाटभटेनी सुपरमार्केट एण्ड डिपार्टमेण्टल स्टोर प्रालिले १७ अर्ब रूपैयाँ बैंक ऋणका लागि गराएको रेटिङमा एडब्बलबीप्लस रेटिङ पाएको थियो। यसैगरी घरायसी प्रयोजनको विद्युतीय उपकरण उत्पादन गर्ने सिजी इम्पेक्सले प्रालिले ३ अर्ब ९० करोड र विद्युत उपकरण वितरक इओएल लिमिटेडले १ अर्ब ७० करोड रूपैयाँ ऋण लिएको छ।

चन्द्रागिरी हिल्सको २ अर्ब १३ करोड ८५ लाख र माैलाकालिका केवलकार लिमिटेडको १ अर्ब ४२ करोड १० लाख रूपैयाँ ऋण सुविधाको क्रेडिट रेटिङ पनि निगरानी सूचीमा परेको छ।

लाजिम्पाटमा र्‍याडिसन होटल सञ्चालन गरिरहेको ओरियण्टल होटल्स लिमिटेडले होटल परिसरमै सम्पूर्ण सुविधा सहितको आवास(सर्भिस्ड अपार्टमेण्ट) निर्माणका लागि १ अर्ब ८० करोड ६० लाख रूपैयाँ बैंक कर्जाको रेटिङ गराएको थियो।

जोखिम सूचक बढेसँगै ऋणी संस्थाले थप धितो सुरक्षणवापत उपलब्ध गराउनुपर्ने अवस्था आउन सक्छ। यसबाहेक बैंकले जोखिम बढेको कारण जनाउँदै स्वीकृत सिमा कटाैती गर्ने वा ऋण चुक्ता गर्नका लागि ऋणीलाई दबाब दिने संभावना पनि हुन्छ। ऋणसँग सम्बन्धित जोखिम बढेको अवस्थामा ब्याजदरमा पाउँदै आएको सहुलियत समेत गुम्ने जोखिम रहन्छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

100%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS