काठमाडौं । श्रीलंकामा भएको विरोध प्रदर्शनका कारण सन् २०२२ को जुलाईमा तत्कालीन राष्ट्रपति गोटाबाया राजपक्षेले राष्ट्रपति पद त्याग्नु परेको थियो । त्यति बेला श्रीलंकाले आर्थिक संकटको सामना गरिरहेको थियो । १४ जुलाई २०२२ मा श्रीलंकाका तत्कालीन राष्ट्रपति गोटाबाया राजपक्षेले माल्दिभ्स हुँदै सिंगापुर पुगेर राजीनामा दिएका थिए । त्यसपछि श्रीलंकाको संसदले २० जुलाई २०२२ मा नयाँ राष्ट्रपतिका रुपमा रनिल विक्रमासिंघेलाई निर्वाचित गरेको थियो । प्रदर्शनमा उत्रिएका नागिरकले राष्ट्रपति भवन र प्रधानमन्त्रीको कार्यालय कब्जामा लिएका थिए ।
२० जुलाई २०२२ मा नयाँ सरकार बन्नु अघि ७ हजार ७२१ दशमलव ७८ मा रहेको कोलोम्बो स्टक एक्सेंजको प्रमुख सूचक (ASPI) अहिले २१ हजार ८५१ दशमलव ३० मा पुगेको छ । यो अवधिमा बजार सूचक २ दशमलव ८२ गुणा अर्थात १८३ प्रतिशतले वृद्धि भएको छ ।

नेपालमा जेनजी आन्दोलन पछि बनेको अन्तरिम सरकार रहेको छ। के बढ्ला त नेपालमा पनि नेप्से परिसूचक श्रीलंकाको जसरी भन्ने आम चासो लगानीकर्तामा रहेको छ ।

















