IME Life New

राजनीतिक उथलपुथलपछि ६ वटा बीमकको रेटिङ पर्‍यो इक्रा नेपालको ‘निगरानी’ सूचीमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले नेपाल रिइन्स्योरेन्स र ५ वटा निर्जीवन बीमकको रेटिङलाई वाच विथ नेगेटिभ इप्लिकेसन (नकारात्मक प्रभावहरुसहितको निरीक्षण सूची)को सूचीमा राखेको छ।

भदौ २३ र २४ गते भएको प्रदर्शन र त्यसपछि विकसित राजनीतिक घटनाक्रम र विध्वंशको पृष्ठभूमिमा रेटिङ प्रदान गरिएका बीमा कम्पनीहरुलाई रेटिङ एजेन्सीले यस्तो सूचीमा राखेर नजिकबाट नियाली रहेको जनाएको छ।

Esewa
Crest

रेटिङले जारी गरेको विज्ञप्तिअनुसार शिखर इन्स्योरेन्स, सगरमाथा लुम्बिनी इन्स्योरेन्स, सिद्धार्थ प्रिमियर इन्स्योरेन्स, एनएलजी इन्स्योरेन्स र युनाइटेड अजोड इन्स्योरेन्सको रेटिङ समेत निगरानी सूचीमा समावेश गरिएको छ। इजाजत प्राप्त १४ निर्जीवन बीमकमध्ये ५ वटाको र दुई पुनर्बीमकमध्ये एउटा पुनर्बीमकको क्रेडिट रेटिङ र इस्युअर रेटिङ इक्रा नेपालले गरेको छ।

रेटिङ एजेन्सीले एक विज्ञप्ति जारी गर्दै लेखेको छ, ‘नेपालले हालै राजनीतिक परिदृश्यमा ठूलो परिवर्तन देखेको छ। सत्तारुढ सरकारविरुद्ध व्यापक विरोध प्रदर्शनहरुमा राजनीतिक नेतृत्वमा परिवर्तन आएको छ। विरोध प्रदर्शनहरु सार्वजनिक पूर्वाधारहरुमा व्यापक क्षतिसँगै थिए। जब कि केही निजी व्यवसायहरु पनि प्रभावित भएका थिए।’

ऋणदाताप्रतिको दायित्वको एक भागका रुपमा इक्रा नेपालको मूल्यांकन नियमित अनुगमनको सूचीमा राखिएको छ। यसले मूल्यांकन गरिएको संस्थाको वित्तीय अवस्थालाई असर गर्न सक्छ।

प्रारम्भिक मूल्यांकनअनुसार इक्रा नेपालले हालैका घटनाहरुले भएको नोक्सानीले निर्जीवन बीमा क्षेत्र (घरेलु पुनर्बीमा कम्पनीहरुसहित)मा ठूलो प्रभाव पार्ने सम्भावना रहेको जनाएको छ। यी जोखिममध्ये अधिकांश पुनर्बीमा व्यवस्थामार्फत हस्तान्तरण गरिएकाले वित्तीय प्रभाव तुलनात्मक रुपमा थोरै पर्ने देखिएको छ। इक्रा नेपालले निम्न बीमकहरुको मूल्यांकन ‘@’1 प्रतीकले जनाउने ‘नकारात्मक प्रभावहरुसहितको निरीक्षण सूची’ मा राखेको छ।

इक्रा नेपालले वाच विथ नेगेटिभ इम्पिकेशन सूचीमा समावेश गरेको पुनर्बीमक र निर्जीवन बीमक।

रेटिङ एजेन्सीले सम्बन्धित बीमकको वित्तीय अवस्था, आदिमा पर्ने प्रभावको निगरानी गर्न जारी राख्दै मूल्यांकनसम्बन्धी निर्णय परिमार्जन गर्ने जनाएको छ। ‘@’1 प्रतीकले जनाउने गरी निगरानी सूचीमा राखिएका कम्पनीहरुको मूल्यांकनका क्रममा रेटिङ अझै खस्किने सम्भावना रहने इक्राको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

67%
happy

खुसी

33%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS