IME Life New

अमेरिकामा आफ्नो व्यापार बेच्दै टिकटक, ट्रम्पले भने-‘डिल लगभग पक्का’

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने समयसीमा अब डिसेम्बर १६ सम्म बढाइएको छ। यो समयसीमा सुरुमा सेप्टेम्बर १७ मा समाप्त हुने तय गरिएको थियो। तर, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ३ महिनाको म्याद थपको घोषणा गरेका छन्। ट्रम्पले प्रतिबन्ध बढाएको यो चौथो पटक हो।

ट्रम्पको घोषणाको एक दिनअघि सेप्टेम्बर १५ मा अमेरिका र चीन एपसँग सम्बन्धित समस्याहरु समाधान गर्न म्याड्रिडमा एउटा ‘फ्रेमवर्क’मा सहमत भएका थिए। यो जानकारी चीनका वरिष्ठ व्यापार वार्ताकार ली चेङगाङले प्रदान गरेका थिए।

Esewa
Crest

ट्रम्पले ट्रुथ सोसलमा पोस्ट गर्दै लेखेका छन्, ‘अमेरिकामा एप सञ्चालन गर्न अनुमति दिने कि नदिने भन्ने बारेमा सम्झौता लगभग भइसकेको छ।’

त्यस लगत्तै ट्रम्पले सञ्चारकर्मीलाई भने, ‘मैले शुक्रबार चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भेट्नेछु, जहाँ चीनले एपमा आफ्नो हिस्सेदारी कायम राख्नेछ कि राख्न ेछैन भन्ने कुरा पुष्टि हुनेछ।’

सन् २०२४ मा अमेरिकी कंग्रेसले टिकटकको चिनियाँ मालिक बाइटडान्सले आफ्नो अमेरिकी व्यवसाय बेच्नुपर्ने वा एप प्रतिबन्धित हुनेछ भनी कानुन पारित गरेको थियो। यो विधेयकमा पूर्वराष्ट्रपति जो बाइडेनले हस्ताक्षर गरेका थिए।

अमेरिकाले राष्ट्रिय सुरक्षा चिन्तालाई उद्धृत गर्दै टिकटकमाथि प्रतिबन्ध लगाउने कुरा गरेको थियो। चिनियाँ सरकारले प्रयोगकर्ताको डेटा पहुँच गर्न सक्ने डर छ। अमेरिका टिकटक चिनियाँ कम्पनीहरुको भन्दा अमेरिकी कम्पनीहरुको स्वामित्वमा होस् भन्ने चाहन्छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS