काठमाडौं । नेपाल बीमा प्राधिकरणले भोलि असोज २ गते र ५ गते जीवन बीमा अभिकर्ताको अनलाइन परीक्षा संचालन गर्ने भएको छ । प्राधिकरणले बीमा ऐन २०७९ अनुसार जीवन बीमा मध्यस्थकर्ताहरुको परीक्षा लिएर मात्रै इजाजत दिने व्यवस्था बमोजिम जीवन बीमा अभिकर्ताको भोलि हुने परीक्षा र ५ गते अनलाइन परीक्षाको समय तालिका सार्वजनिक गरेको हो ।
प्राधिकरणले भोलि असोज गते दिउँसो १ बजेबाट २ः ३० बजेसम्म, असोज ५ गते विहान ११ बजेबाट १२ः३० बजेसम्म संचालन गर्ने जनाइएको छ ।


















