IME Life New

वाणिज्य बैंकहरुको साढे ८% ले घट्यो नाफा, ग्लोबल आइएमईले सर्वाधिक कमाउँदा अरुको कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२।८३ को पहिलो महिना साउनमा ८ अर्ब ३८ करोड रुपैयाँ बढी नाफा आर्जन गरेका छन्।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्षको साउनमा २० वटा वाणिज्य बैंकले ८ अर्ब ३८ करोड २९ लाख रुपैयाँ नाफा आर्जन गरेका हुन्। अघिल्लो वर्ष २०८१।८२ को साउनमा यी बैंकहरुले ९ अर्ब १७ करोड ६१ लाख रुपैयाँ नाफा आर्जन गरेका थिए। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा बैंकहरुको नाफा ८.६४ प्रतिशतले घटेको छ।

Esewa
Crest

तथ्यांकअनुसार सर्वाधिक नाफा आर्जन गर्नेमा ग्लोबल आइएमई बैंक रहेको छ भने वृद्धिदरका हिसाबले नेपाल बैंक अगाडि रहेको छ। अघिल्लो वर्षको साउनको तुलनामा चालु वर्षको साउनमा ११ वटा वाणिज्य बैंकको नाफा घटेको छ भने ९ वटाको बढेको छ।

चालु वर्षको साउनमा ग्लोबल आइएमई बैंकले ७८ करोड ४५ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। जुन अघिल्लो वर्षको साउनको तुलनामा १२.०९ प्रतिशतले कम हो। अघिल्लो वर्ष साउनमा बैंकले ८९ करोड २४ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।

दोस्रो धेरै नाफा कमाउनेमा नबिल बैंक रहेको छ। समीक्षा अवधिमा बैंकले ७१ करोड ६४ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष साउनमा बैंकले ८० करोड ३३ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा बैंकको नाफा पनि १०.८३ प्रतिशतले घटेको छ।

उच्च नाफा आर्जनको हिसाबले नेपाल इन्भेस्टमेन्ट मेगा बैंक रहेको छ। अघिल्लो वर्ष साउनमा बैंकले ५७ करोड ७५ लाख रुपैयाँ नाफा आर्जन गरेकोमा समीक्षा अवधिमा ९.८१ प्रतिशतले बढेर ६३ करोड ४२ लाख रुपैयाँ नाफा कमाएको छ।

चालु वर्षको साउनमा नेपाल बैंकले ५५ करोड २७ लाख रुपैयाँ आर्जन गरेको छ। जुन अघिल्लो वर्षको साउनको तुलनामा १४६.७६ प्रतिशतले बढी हो। अघिल्लो वर्ष साउनमा नेपाल बैंकले २२ करोड ३९ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।

समीक्षा अवधिमा सबैभन्दा कम नाफा आर्जन गर्नेमा कृषि विकास बैंक रहेको छ। यो बैंकले ३७ लाख ५० हजार रुपैयाँमात्रै नाफा कमाएको छ। अघिल्लो वर्ष साउनमा बैंकले ७१ करोड २० लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा बैंकको नाफा ९९.४७ प्रतिशतले घटेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS