IME Life New

दसैँको टीकाको उत्तम साइत बिहान ११ः५३ बजे

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । यस वर्षको दसैँको टीकाको उत्तम साइत बिहान ११ः५३ बजे रहेको छ। यस वर्ष विजयादशमी असोज १६ गते परेको छ।

नेपाल पञ्चांग निर्णायक विकास समितिका अनुसार टीकाको उत्तम साइत बिहान ११ः५३ बजे रहेको छ। विजया दशमीका दिन बिहान ९ः२३ बजे देवी बिसर्जनको साइत रहेको समितिले जनाएको छ।

Esewa
Crest

बडादसैँको घटस्थापना असोज ६ गते परेको छ। यो दिन बिहान ९ः१३ बजे घटस्थापनाको साइत रहेको समितिले जनाएको छ।

समितिले प्रकाशन गरेको सूचनाअनुसार असोज ७ गते मंगलबार बिहान ९ः५३ बजे झन्डा फेर्ने साइत रहेको छ भने असोज ११ गते श्रीपचलीभैरव यात्रा हुनेछ।

असोज १३ गते फूलपातीका दिन श्री तुलजाभवानी यात्रा बिहान ७ः१७ बजे र स्थिरासन बिहान ९ः२३ बजे उत्तम साइत रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS