काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको भाउले नयाँ रेकर्ड बनाएको छ । mनेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १९ सय रुपैयाँले बढेको हो । यससँगै आज सुन तोलामा २ लाख १७ हजार १सय रुपैयाँ कायम भएको छ । यो हालसम्मकै उच्च मूल्य हो ।
हिजो सुनको भाउ तोलामा २ लाख १५ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, आज चाँदीको भाउ २० रुपैयाँले बढेको छ । यससँगै आज चाँदी २५ सय ९५ रुपैयाँ कायम भएको छ। यो हालसम्मकै उच्च मूल्य हो । हिजो चाँदीको भाउ प्रतितोला २५ सय ७५ रुपैयाँमा कारोबार भएको थियो।

















