IME Life New

हुलदङ्गामा ज्यान गुमाएका सहकर्मीलाई तलबबाटै भएपनि प्रहरीले रू. १० लाख सहयोग गर्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । ‘जेन जी’ को आन्दोलनमा प्रदर्शनकारीको आक्रमणमा परेर ज्यान गुमाएका प्रहरीको परिवारजनको राहतका लागि प्रति परिवार जनही दश लाख रूपैयाँ सहयोग उपलब्ध गराउने भएको छ। आ ओ ई औ

प्रहरी प्रधान कार्यालयले सोमबार साँझ एक विज्ञप्ती जारी गर्दै प्रहरी निरिक्षक देखि महानिरिक्षकसम्मको तलबबाट रकम कट्टा गरी प्रति मृतक प्रहरी परिवारलाई सहयोग रकम उपलब्ध गराउने जानकारी गराएको हो।

Esewa
Crest

नवगठित मन्त्री परिषदले ‘जेन जी’ को आन्दोलनका क्रममा ज्यान गुमाउनेहरूको परिवारजनलाई राहत स्वरूप प्रति परिवार १५ लाख रूपैयाँ उपलब्ध गराउने घोषणा गरेको थियो।

प्रदर्शनकारीको कुटपिटबाट ३ जना प्रहरीले ज्यान गुमाएको मुख्य सचिव एकनारायण अर्यालले आइतबार पत्रकार सम्मेलनमा जानकारी गराएका थिए।

‘जेन जी’ ले भदाै २३ गते काठमाडाैंको नयाँ बानेश्वर क्षेत्रमा गरेको प्रदर्शनका क्रममा संसद भवनमा आक्रमण गर्न आएका प्रदर्शनकारीलाई प्रहरीले अन्धाधुन्द गोली प्रहार गर्दा १४ जना प्रदर्शनकारीको ज्यान गएको थियो। पछि उपचारका क्रममा थप ७ जनाको ज्यान गएको थियो।

तस्वीर श्रोतः नेपाल प्रहरी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS