IME Life New

बन्दीपुर केबलकारको आइपीओ बाँडफाँट, यसरी हेर्न सकिन्छ नतिजा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बन्दीपुर केबलकार एन्ड टुरिजमको आइपीओ आज बाँडफाँट गरिएको छ। धितोपत्र बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङको कार्यालयमा बन्दीपुर केबलकारको आइपीओ बाँडफाँट गरिएको हो।

कम्पनीले गत भदौ ११ गतेदेखि १५ गतेसम्म सर्वसाधारणका लागि निष्कासन गरेको थियो। कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ४३ लाख ४१ हजार ८० कित्ता शेयर जारी गरेको थियो।

Esewa
Crest

यो आइपीओमा कुल २४ लाख २२ हजार १७७ आवेदकबाट कुल २ करोड ७६ लाख ३७ हजार ७२० कित्ता शेयर मागेको थियो। जसमा २४ लाख २२ हजार १७७ जनाको आवेदन सदर भएको थियो।

मागभन्दा बढी आवेदन परेकै कारण यो आइपीओ गोलाप्रथाबाट फाँडफाँट गरिएको छ। जसमा भाग्यमानी जसमध्ये ४ लाख ३४ हजार १०८ जनाले १० कित्ताका दरले शेयर पाएका छन्।

यो आइपीओको अन्तिम नतिजा केहीबेरमा सार्वजनिक हुनेछ। नतिजा आइपीओ बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङ, मेरो शेयर र सीडीएससीको iporesult.cdsc.com.np मा हेर्न सकिनेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS