IME Life New

कुलमानले औँल्याए आफूले तत्काल अगाडि बढाउने ५ मुख्य कार्य

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । ऊर्जा तथा भौतिक पूर्वाधार तथा यातायात व्यवस्था र सहरी विकासमन्त्री कुलमान घिसिङले आज पद तथा गोपनीयताको सपथ खाएसँगै पदभार ग्रहण पनि गरेका छन्। पदभारपछि मन्त्री घिसिङले आफूले अगाडि बढाउने ५ मुख्य कार्य औँल्याएका छन्।

यस्ता छन् तत्काल अगाडि बढाइने मुख्य कार्य

Esewa
Crest
  • सार्वजनिक संरचनामा पुगेको क्षति यकिन गरी पुनर्निर्माण कार्य तत्काल अगाडि बढाइने छ।
  • पुनर्निर्माणका लागि ‘हाम्रा सार्वजनिक संरचना हामी आफैँ बनाउनेछौँँ’ भन्ने अभियान सञ्चालन गरिनेछ। देश–विदेशमा रहेका सम्पूर्ण नेपालीलाई पुनर्निर्माणमा सहभागी गराई अपनत्व लिने गरी सबैको साथ र सहयोगबाट पारदर्शी रुपमा पुनर्निर्माण कार्य अगाडि बढाइनेछ।
  • मन्त्रालय र यसअन्तर्गतका निकायभित्र हुने भ्रष्टाचार, अनियमितता र ढिलासुस्तीमा शून्य सहनशीलता अवलम्बन गरिनेछ। यस्ता क्रियाकलाप सह्य हुने छैन। कसैले त्यस्ता कार्य गरेको फेला परेमा तत्कालै कारबाही गरिनेछ। जेनजीले मुख्य रुपमा उठाएका भ्रष्टाचार नियन्त्रण र सुशासनलाई कडाइका साथ कार्यान्वयन गरिनेछ।
  • कर्मचारी सरुवा, जिम्मेवारी प्रदान गर्नेलगायतका विगतमा सुनिएका अनियमिततालाई नियन्त्रण गरी सुशासन कायम गर्न उपयुक्त व्यक्तिलाई उपयुक्त जिम्मेवारी (राइट पर्सन इन राइट प्लेस) लाई कडाइका साथ लागू गरिनेछ। कसैप्रति पूर्वाग्रह र प्रतिशोध साँधिने छैन। तर, सुशासन र आफ्नो जिम्मेवारीलाई इमानदारीपूर्वक पूरा गर्न नसक्नेलाई तुरुन्तै जिम्मेवारीबाट हटाइनेछ। असल नियत राखी ढुक्क भएर काम गर्न सबैलाई निर्देश गर्दछु।
  • चालु रहेका ठूला पूर्वाधारका आयोजनाहरु तोकिएका समय र गुणस्तरमा निर्माण सम्पन्न हुन नसक्दा एकातर्फ मुलुकले ठूलो आर्थिक क्षति व्यहोरिरहेको छ भने अर्कोतर्फ त्यस्ता आयोजनाबाट प्राप्त हुने लाभबाट नागरिक वञ्चित भइरहेको विडम्बनापूर्ण अवस्था छ। यसलाई चिर्न चालु अवस्थामा रहेका ठूला आयोजना निर्माण कार्यलाई तीव्रता दिइनेछ भने रणनीतिक महत्व र रुपान्तरणकारी केही ठूला योजनालाई अगाडि बढाइनेछ। प्राथमिकताका आधारमा आयोजना छनौट गरी परिणाम निक्लने गरी कार्य अगाडि बढाइनेछ। अहिले हाम्रा लागि हरेक सकेन्ड महत्वपूर्ण छ।

मन्त्री घिसिङले तसर्थ यो समय खादा माला लगाएर तामझाम गर्नु होइन काम गरेर जेनजी पुस्ताले देखेको सपना साकार पार्ने रहेको बताएका छन्। ‘जसरी विगतमा यहाँहरुबाट हौसला, प्रेरणा, साथ र सहयोग प्राप्त हुँदा लोडसेडिङ अँध्यारोबाट मुलुकलाई मुक्त गर्न सक्यौँ। त्यसैगरी अहिलेको विषम परिस्थितमा विगतको जस्तै साथ सहयोग प्राप्त हुने विश्वास लिएको छु’, उनले भनेका छन्, ‘मप्रति यहाँहरुले देखाउनुभएको उक्त विश्वासका लागि जेनजीका भाइबहिनीसहित सम्पूर्ण आमाबुबा, दाजुभाइ, दिदीबहिनीप्रति कृतज्ञता छु।’

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS