IME Life New

तोकिएको समयमा सम्पत्ति विवरण दर्ता नगरेका कर्मचारीलाई असोज २८ सम्मको समयसीमा, कारण भने पेस गर्नुपर्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । तोकिएको समयमै सम्पत्ति विवरण दर्ता नगरेका सार्वजनिक पद धारण गरेका कर्मचारीलाई आउँदो असोज २८ गतेसम्म समयसीमा तोकिएको छ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गत राष्ट्रिय किताबखाना (निजामती)ले आज एक सूचना जारी गर्दै तोकिएको समयमा नबुझाएका कर्मचारीले आउँदो असोज २८ गतेसम्म सम्पत्ति विवरण दर्ता गर्न सक्ने समय दिएको हो। तर, यो अवधिसम्म सम्पत्ति विवरण दर्ता गराउन कर्मचारीले यसअघि तोकिएको समयभित्र किन दर्ता नगरेको भन्ने कारण खुलाउनुका साथै सम्बन्धित कार्यालयको सिफारिस चाहिने किताबखानाले जनाएको छ।

Esewa
Crest

सार्वजनिक पद धारण गरेका कर्मचारीले आर्थिक वर्ष समाप्त भएको मितिले ६० दिनभित्र सम्पत्ति विवरण दर्ता गर्नुपर्ने प्रावधान रहेको छ। यो समयावधि हिजो भदौ २९ गते समाप्त भएको थियो।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS