IME Life New

हामी फेरी उठ्ने छौं, तपाईंहरु सँगै, एनसेल नेपाल कै लागि: एनसेल

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । mगत हप्ताको तोडफोडका घटनाले एनसेलको काठमाडौंस्थित मुख्य कार्यालय ‘एनसेल आइकम’ सहित महेन्द्रनगर, धनगढी र पोखरास्थित क्षेत्रीय कार्यालयहरूलाई गम्भीर क्षति पुर्याएको कुरा गहिरो दुःखका साथ कम्पनीले पुष्टि गरेको छ। यी घटनाले भौतिक क्षति मात्र नभई कर्मचारीहरूको सुरक्षा र सेवा निरन्तरतामा पनि गम्भीर जोखिम उत्पन्न गराएको कम्पनीको भनाइ छ।

यी चुनौतीहरूको बाबजुद, एनसेल सधैं झै देश र आम जनमानसलाई दूरसञ्चार सेवामा निरन्तर पहुँच सुनिश्चित राख्ने आफ्नो मूल उद्देश्यमा अडिग रहेको कम्पनीले बताएको छ। संकटको समयमा सहज रुपमा सेवाको उपलब्धता सुनिश्चित गर्नका लागि एनसेलले तीन दिनसम्म निःशुल्क लोकल भ्वाइस कल, एसएमएस र इन्टरनेट सेवा उपलब्ध गराएको थियो। एनसेलले विगत २० वर्षदेखि नेपाली जनसमुदायलाई सेवा पु-याउने कार्यलाई प्रमुख प्राथमिकता दिँदै आएका छ र यसले ग्राहकप्रतिको अटुट समर्पणलाई स्पष्ट रुपमा प्रतिबिम्बित गर्ने एनसेलको भनाइ छ।

Crest

अब नेपाल अन्तरिम सरकारको नेतृत्वमा नयाँ अध्यायतर्फ अघि बढ्दै गर्दा, नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीलाई एनसेलले बधाई दिएको छ। देशका युवाहरुको अगुवाइमा गरिएको यस आन्दोलनले ल्याएको परिवर्तनलाई स्वागत गर्दै यो परिवर्तनले सबै नेपालीका लागि अझ ठूलो एकता, शान्ति र समृद्धि ल्याओस् भन्ने सामूहिक आशा व्यक्त गरेको छ।

२० वर्षदेखि एनसेलले सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा नेपालको रुपान्तरण यात्रामा साथ दिँदै, रोजगारी सिर्जना, आर्थिक वृद्धिलाई गति प्रदान गर्दै र डिजिटल नेपाल निर्माणको भिजनमा योगदान पु-याउँदै आएको छ। आज कम्पनीले अझै दृढ संकल्प र सहनशीलताका साथ देश र जनताको सेवा गर्ने आफ्नो प्रतिबद्धता पुनः दोहोर्याएको छ। एनसेल आफ्ना कर्मचारी, ग्राहक र जनसमुदायसँग काँधमा काँध मिलाएर उभिएको छ र अहिलेसम्म प्रदान गरिएको साथ, समर्थन तथा ऐक्यबद्धताप्रति हृदयदेखि आभारी व्यक्त गरेको छ।

अन्त्यमा, एनसेलले गत हप्ताको अन्दोलनका क्रममा ज्यान गुमाएकाहरूको आत्माको चिरशान्तिको कामना गर्दै, घाइतेहरूको शिघ्र स्वास्थ्यलाभको लागि शुभेच्छा प्रकट गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS