IME Life New

सबिता भण्डारी बनिन् पहिलो महिला महान्यायाधिवक्ता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अधिवक्ता सविता भण्डारी महान्यायाधिवक्ता नियुक्त भएकी छिन् ।

नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिशमा राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार नेपालको संविधानको धारा १५७ को उपधारा (२) बमोजिम भण्डारीलाई महान्यायाधिवक्ता पदमा नियुक्त गरेका हुन् ।

Esewa
Crest

न्याय क्षेत्रमा परिचित उनी वरिष्ठ अधिवक्ता कृष्ण प्रसाद भण्डारीको छोरी हुन् ।

पछिल्लो समयमा उनले बलत्कार मुद्दामा क्रिकेटर संदिप लामिछानेको पक्षमा वकालत गरेको विषय चर्चमा रहेको थियो ।

रमेश बडालले पदबाट राजीनामा दिएलगत्तै उनको नियुक्तिको घोषणा गरिएको थियो। पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको बहिर्गमनपछि ओलीले नियुक्त गरेका महान्यायाधिवक्ता रमेश बडालले राजीनामा दिनु परेको थियो।

संविधानमा प्रधानमन्त्रीको सिफारिशमा राष्ट्रपतिले महान्यायाधिवक्ता नियुक्ति गर्ने व्यवस्था छ।

पहिलो महिला प्रधानन्यायाधिश र प्रधानमन्त्रीका रूपमा इतिहास रचेकी प्रधानमन्त्री सुशिला कार्कीले नेपालको कानूनी इतिहासमा महिला महान्यायाधिवक्ता समेत नियुक्त गरिन् ।

महान्यायाधिवक्ताले सरकारको प्रमुख कानूनी सल्लाहकारको रूपमा काम गर्छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

88%
happy

खुसी

0%
sad

दु :खी

4%
amazed

अचम्मित

0%
excited

उत्साहित

8%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS